आयरल्यान्ड, २० माघ । आयरल्यान्डका प्रधानमन्त्री एन्डा केनीले बुधबार आगामी फेब्रुअरी २६ का लागि संसदीय चुनावको घोषणा गर्नुभएको छ ।
निर्वाचनको आधिकारिकताका लागि आयरल्यान्डका राष्ट्रपति माइकल हिगिन्सलाई भेट्नु पहिले प्रधानमन्त्री केनीले ट्वीट गर्नु हुँदै भन्नुभएको छ, मैले डायल आएरन (संसद) भङ्ग गरी फेब्रुअरी २६ गते संसदीय निर्वाचन गर्ने सोच राखेको हुँ ।
आयरल्यान्डमा दुई प्रमुख प्रतिद्वन्द्वी मध्यपन्थी फिएना फेल र फाइन गायलले सन् १९३२ देखि शासनको बागडोर सम्हाल्दै आएका छन् ।
पछिल्लो समय आयरल्यान्डमा यी दलविरोधी केही अन्य दलको प्रभाव बढ्दै गएको छ ।