सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १०:४५ | UK Time: 06:00

यु–१९ विश्वकप क्वार्टरफाइनलमा नेपाल बङ्गलादेशसँग भिड्ने

वीनेपाली
२०७२ माघ १९ गते १४:११

 ICC-U19-World-Cup-2016-Live-Telecast-TV-Channelsकाठमाडौँ, १९ माघ । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको क्यार्टरफाइनलमा अब नेपालको भिडन्त आयोजक टोली बङ्गलादेशसँग हुने पक्का भएको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले नामिबियालाई ८ विकेटले पराजित गर्दै उसले नेपालसँगको भेट पक्का गरेको हो ।
जितसँगै सबै खेलमा स्पष्ट जित निकालेको बङ्गलादेश समूह ‘ए’को विजेता बनेको छ भने हार भएपनि नामिबिया उपविजेता भएको छ ।
यता, न्युजिल्यान्ड र आयरल्यान्डलाई पराजित गरेको नेपाल समूह ‘डी’को उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो । त्यस्तै, नेपालसहित समूह चरणका तीन वटै टोलीलाई हराएर समूह विजेता बनेको भारतको भेट नामिबियासँग हुनेछ ।
नेपाल र बङ्गलादेशबीचको क्वार्टरफाइनल खेल आगामी माघ २२ गते बङ्गलादेशको मीरपुरमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक