ब्रसेल्स, १७ माघ । नेटोले रसियालाई आफ्नो हवाई अनुशासनको पालना गर्न र टर्कीको आकासको सम्मान गर्न चेतावनी दिएको छ ।
रसियाली सुरक्षा अधिकारीहरुले पछिल्लो समयमा विना अनुमति टर्कीको आकासमा आफ्ना विमान उडाउने गरेको आरोप लाग्ने गरेको छ ।
यसै समाचारको पृष्ठभूमिमा हवाई अनुशासनको पालना गर्न नेटोले रसियालाई चेतावनी दिएको समाचारमा जनाइएको छ ।
नेटोका महासचिव जेन्स स्टल्ट्बर्गले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा भन्नुभएको छ– टर्कीको बारम्बारको आग्रहको बेवास्ता गर्दै रसियाले टर्कीको आकासमा शनिबार युद्धक बिमान उडाएको छ ।
उहाँले सो विज्ञप्तिमा भन्नुभएको छ– बिगतमा पनि रसियाले यस्तै व्यवहार गर्दै टर्कीको आकासमा बिमान उडाएको छ र अफ्नो हवाई नियमको उल्लङ्घन गरेको छ ।
विगतमा पनि टर्कीको आकासमा उडाएको भनिएको रसियाली विमानलाई टर्कीले खसालिदिएको थियो ।
सिरियामा हमला गर्ने निहूँमा सो क्षेत्रमा जाने गरेका रसियाली विमानहरुले टर्की प्रवेश गर्ने गरेको टर्कीको भनाई छ ।
महासचिव स्टल्टबर्गले आगामी दिनमा यस्ता घटना नदोहो¥याउन तथा अङ्कारा र मस्कोलाई सिधा सम्पर्क गरी फोनवार्ता गर्न पनि आग्रह गर्नुभएको बताइएको छ ।
टर्कीको विदेशमन्त्रालयले शनिबार टर्कीका लागि रसियाली राजदूतालाई बोलाएर यस विषयमा स्पष्टीकरण समेत लिएको थियो ।
सिरियामा आइएसको उपस्थिति देखिएको भन्दै उनीहरुको कारबाहीका लागि रसिया र अमेरिकी विमानले सिरियामा हवाई हमला गर्न थालेपछि रसियाली विमान टर्कीतर्फ पनि प्रवेश गर्न थालेका छन् ।
यस घटनाको विरोध गर्दै आफ्नो सदस्य राष्ट्र रहेको टर्कीको पक्षबाट नेटोले बारम्बार रसियालाई चेतावनी दिँदै आएको छ ।
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ