ब्रसेल्स, १७ माघ । नेटोले रसियालाई आफ्नो हवाई अनुशासनको पालना गर्न र टर्कीको आकासको सम्मान गर्न चेतावनी दिएको छ ।
रसियाली सुरक्षा अधिकारीहरुले पछिल्लो समयमा विना अनुमति टर्कीको आकासमा आफ्ना विमान उडाउने गरेको आरोप लाग्ने गरेको छ ।
यसै समाचारको पृष्ठभूमिमा हवाई अनुशासनको पालना गर्न नेटोले रसियालाई चेतावनी दिएको समाचारमा जनाइएको छ ।
नेटोका महासचिव जेन्स स्टल्ट्बर्गले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा भन्नुभएको छ– टर्कीको बारम्बारको आग्रहको बेवास्ता गर्दै रसियाले टर्कीको आकासमा शनिबार युद्धक बिमान उडाएको छ ।
उहाँले सो विज्ञप्तिमा भन्नुभएको छ– बिगतमा पनि रसियाले यस्तै व्यवहार गर्दै टर्कीको आकासमा बिमान उडाएको छ र अफ्नो हवाई नियमको उल्लङ्घन गरेको छ ।
विगतमा पनि टर्कीको आकासमा उडाएको भनिएको रसियाली विमानलाई टर्कीले खसालिदिएको थियो ।
सिरियामा हमला गर्ने निहूँमा सो क्षेत्रमा जाने गरेका रसियाली विमानहरुले टर्की प्रवेश गर्ने गरेको टर्कीको भनाई छ ।
महासचिव स्टल्टबर्गले आगामी दिनमा यस्ता घटना नदोहो¥याउन तथा अङ्कारा र मस्कोलाई सिधा सम्पर्क गरी फोनवार्ता गर्न पनि आग्रह गर्नुभएको बताइएको छ ।
टर्कीको विदेशमन्त्रालयले शनिबार टर्कीका लागि रसियाली राजदूतालाई बोलाएर यस विषयमा स्पष्टीकरण समेत लिएको थियो ।
सिरियामा आइएसको उपस्थिति देखिएको भन्दै उनीहरुको कारबाहीका लागि रसिया र अमेरिकी विमानले सिरियामा हवाई हमला गर्न थालेपछि रसियाली विमान टर्कीतर्फ पनि प्रवेश गर्न थालेका छन् ।
यस घटनाको विरोध गर्दै आफ्नो सदस्य राष्ट्र रहेको टर्कीको पक्षबाट नेटोले बारम्बार रसियालाई चेतावनी दिँदै आएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ