वासिङ्टन, १६ माघ । संयुक्त राज्य अमेरिकाले आइएस विरुद्धको कारबाहीलाई लिबियामा पनि सुरु गर्ने सङ्केत गरेको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार राष्ट्रपति ओबामाले आफ्ना सहयोगीहरुलाई लिबियामा पनि आइएस विरुद्धको कारबाही सुरु गर्ने विषयमा आवश्यक सुझाव दिन आह्वान गर्नुभएको छ ।
गएको करिब १८ महिनादेखि अमेरिकाले अरु केही पश्चिमा मुलुकहरुको पनि सहयोगमा इराक र सिरियामा आइएस विरुद्ध हवाई कारबाही गर्दै आएको छ ।
ह्वाइट हाउसमा शुक्रबार राष्ट्रपति ओबामाले पछिल्लो समयमा आइएसका क्रियाकलापहरु लिबियामा बढ्दै गएकोले अमेरिकी नेतृत्वमा त्यहाँ पनि कारबाही सुरु गरिनुपर्ने बताउनुभएको हो ।
लिबियामा अहिले करिब तीन हजार जना आइएस लडाकू रहेको अनुमान गरिएको छ । सोही अनुमानका आधारमा अमेरिकी नेतृत्वमा हालको आइएस विरुद्धको गठबन्धनका देशहरुले आक्रमण गर्ने बारेमा प्रक्रिया सुरु हुने भएको हो ।
अमेरिकी अधिकारीहरुले तर यस विषयमा ठोस प्रस्ताव भने नआएको बताएका छन् । उनीहरुले सो विषयमा सोच्नुपर्ने भन्दै आवश्यक मात्रामा परामर्श राष्ट्रपति ओबामाले गरिरहनुभएको उनीहरुले बताए ।
पछिल्लो समयमा अमेरिकी नेतृत्वमा रहेका केही देशहरुको पनि सम्लग्नतामा सिरिया र इराकमा यस्तो हवाई कारबाही हुने गरेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक