काठमाडौँ, १६ माघ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै दोस्रो जित निकालेसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बङ्गलादेशस्थित फतुल्लाह रङ्गशालामा आज भएको खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले हराएपछि दोस्रो चरणको सम्भावना बलियो बनेको हो । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा आएको नेपालले २५.३ ओभरमै मात्र २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालका लागि योगेन्द्रसिंह कार्कीले अविजित ६१ तथा अर्का अविजित आरिफ शेखले ३१ रन बनाएपछि जित सुनिश्चित बनेको थियो । ओपनर सन्दीप सुनार पहिलो बलमै ० रनमा आउट भएपछि दबाबमा परेको नेपाललाई योगेन्द्र र आरिफले उकासेका हुन् । अर्का ओपनर सुनिल धमलाले २८ रनको योगदान गरेका थिए ।
यसअघि आयरल्यान्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले दुई तथा सुनिल र सुशील कँडेलले १, १ विकेट झारे । नेपाली धारिलो बलरसामु आयरल्यान्डका ब्याट्सम्यान निरीह थिए ।
आयरल्यान्डले ३८.५ ओभरमै ८ विकेट गुमाएर ९२ रन मात्र बनाएको थियो । त्यसपछि आयरल्यान्ड केही सम्हालिएको थियो । उसका लागि फिचरा तुकेरले अविजित ३०, ज्याक टेक्टोरले २७ तथा एडम डेनिन्सनले २१ रन जोडेका थिए भने अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
आजको खेल जिते नेपालको क्वाटरफाइनलमा पुग्ने सम्भावना हुनेछ । पहिलो खेलमा नेपालले बलियो मानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले आफ्नो अन्तिम खेल यही माघ १८ गते भारतसँग खेल्नेछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?