
काठमाडौँ, १४ माघ । बंगलादेशमा जारी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
बंगलादेशको फल्तुल्लाहस्थित खान साहेब ओसमान अलि रङ्गशालामा सम्पन्न खेलमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको छ । जितसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावनासमेत प्रबल बनेको छ ।
प्रतियोगितामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेटको क्षतीमा २३८ रन जोडेको थियो । जवाफी ब्याटिङ्मा उत्रेको न्युजिल्यान्ड भने ४७ दशमवल १ ओभरमा सवै विकेट गुमाउँदै २०६ रनमा समेटियो । नेपाली युवा टोलीले आजको खेलमा जित मात्रै निकालेनन् रन जोड्ने क्रममा नयाँ इतिहाससमेत बनाए । यु–१९ विश्वकप क्रिकेटमा नेपालले अहिलेसम्मकै ठूलो योगफल समेत बनायो । यसअघि सन् २००६ मा नेपालले आयरल्यान्ड विरुद्धको खेलमा २३४ रन बनाएको थियो ।
प्रतियोगितामा ओपनरद्धय सन्दिप सुनार र सुनिल धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान राजु रिजालले ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दै ६ चौका समेत प्रहार गरे । त्यस्तै सन्दिप सुनार र आरिफ शेखले समान ३९÷३९ रन जोडे । यस क्रममा सुनुवारले एक छक्का र तीन चौका तथा उपकप्तान शेखले तीन चौका समेत हाने । कुशल भुर्तेलले अविजित ३५, राजविर सिंहले २४, सुनिल धमलाले १५, योगेन्द्रसिंह कार्कीले ६ रन तथा प्रेम तामाङ चार रनमा अविजित रहे । बलिङतर्फ न्युजिल्याण्डका नाथन स्मिथले तीन, क्रिष्टियन लियोपार्ड, अनिकेट पारिख, रचिन रविन्द्र र जोस फिन्नीले समान एक– एक विकेट लिए ।
न्युजिल्यान्डका लागि गेलेन फिलिप्सले सर्वाधिक ५२ रन बनाए । यस्तै डले फिलिप्सले ४१ तथा जोस फिनाईले ३७ रन बटुलेका थिए । न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेन्द्रसिंह ऐरीले तीन, प्रेम तामाङले दुई तथा सुनिल धमला र संदिप लामिछानेले समान एक–एक विकेट लिए ।
मलेसियामा गत अक्टोबरमा सम्पन्न आइसिसी यु–१९ विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै विश्वकपको लागि छनोट भएको थियो । निकै कठिन समूहमा परेको नेपालले आफनो दोस्रो खेलमा शनिबार आयरल्यान्डको सामना गर्नेछ । समूह डी मा नेपालसहित न्युजिल्यान्ड, आयरल्यान्ड र भारत छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]