
सान फ्रान्सिस्को, १३ माघ । प्रसिद्ध विद्युतीय सामान उत्पादनक कम्पनी एप्पलले आफ्नो आइफोन सन् २००७ मा उत्पादन भएदेखि राम्रो बजार लिइरहेकोमा पछिल्लो समयमा यसको बिक्रीमा कमी देखिएको जनाएको छ ।
आइफोन बजारमा आएदेखि नै यसको बिक्री उच्च थियो ।
पछिल्लो समयमा आइफोन बिक्रीमा देखिएको मन्दिका अलावा यस कम्पनीको त्रैमासिक नाफा अघिल्लो वर्षको तुलनामा दुई प्रतिशतले बढी रहेको कम्पनी स्रोतले जनाएको छ ।
सन् २०१५ को डिसेम्बर २६ मा सकिएको पछिल्लो तीन महिनाको हिसाव अनुसार एप्पलले आफ्ना सामान बिक्रीबाट दुई प्रतिशत अर्थात् १८.४ अर्व अमेरिकी डलर नाफा गरेको हो ।
यसैबगरी, कम्पनीले ७५.९ अर्व अमेरिकी डलर राजस्व जम्मा गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा थप दुई प्रतिशत राजस्वका लागि योगदान पुरयाएको बताएको छ ।
एप्पलले सन् २०१५ को अक्टुबर, नोभेम्बर र डिसेम्बरमा सात करोड ४८ लाख आइफोन बिक्री गरेको थियो ।
सो अवधिमा सात करोड ४५ लाख आइफोन बिक्री भएको एप्पलले बताएको छ । आइफोनको अघिल्ला वर्षहरुमा हुने गरेको बिक्री वृद्धि प्रतिशतको तुलनामा यो वर्षको बिक्री वृद्धि प्रतिशत कमी भएको कम्पनीले जनाएको छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता