काठमाडौँ, १२ माघ । कतारको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र सचिव शङ्करदास बैरागीसँग आज बिहान गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतारका पदाधिकारीले भेटघाट गर्नुभयो ।
कतारस्थित नेपाली दूतावासबाट आज प्रकाशित विज्ञप्तिकाअनुसार उक्त भेटका क्रममा नेपाली राजदूतावास, दोहासँगको समन्वय तथा सहकार्यमा व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्ने, नेपालमा गएको भूकम्पपश्चात् नेपाल सरकारले सुरु गरेको पुनःनिर्माण कार्यक्रमलाई उल्लेख्य हिसाबले सहयोग गर्ने, नेपाली कल्याणकारी कोष स्थापना, नेपाली सांस्कृतिक केन्द्र स्थापना एवम् नेपालीका लागि सेवामूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा गहन छलफल तथा विचार आदानप्रदान गरियो ।
त्यसैगरी, आजै परराष्ट्र सचिव बैरागीले कतारमा रहेका नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै आफू कतार भ्रमणमा आउनुको उद्देश्यका साथै नेपाल–कतार द्विपक्षीय सम्बन्धका विविध पक्षका बारेमा चर्चा गर्नुभयो ।
परराष्ट्र सचिव बैरागी आफ्नो औपचारिक कतार भ्रमण सम्पन्न गरी आज अपराह्न नेपाल फर्कनुभयो । दोहास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत मणिरत्न शर्मा, कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार विभागका अधिकारी तथा राजदूतावासका कर्मचारीले उहाँको टोलीलाई हमद अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा