काठमाडौँ, १२ माघ । कतारको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र सचिव शङ्करदास बैरागीसँग आज बिहान गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतारका पदाधिकारीले भेटघाट गर्नुभयो ।
कतारस्थित नेपाली दूतावासबाट आज प्रकाशित विज्ञप्तिकाअनुसार उक्त भेटका क्रममा नेपाली राजदूतावास, दोहासँगको समन्वय तथा सहकार्यमा व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्ने, नेपालमा गएको भूकम्पपश्चात् नेपाल सरकारले सुरु गरेको पुनःनिर्माण कार्यक्रमलाई उल्लेख्य हिसाबले सहयोग गर्ने, नेपाली कल्याणकारी कोष स्थापना, नेपाली सांस्कृतिक केन्द्र स्थापना एवम् नेपालीका लागि सेवामूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका विषयमा गहन छलफल तथा विचार आदानप्रदान गरियो ।
त्यसैगरी, आजै परराष्ट्र सचिव बैरागीले कतारमा रहेका नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै आफू कतार भ्रमणमा आउनुको उद्देश्यका साथै नेपाल–कतार द्विपक्षीय सम्बन्धका विविध पक्षका बारेमा चर्चा गर्नुभयो ।
परराष्ट्र सचिव बैरागी आफ्नो औपचारिक कतार भ्रमण सम्पन्न गरी आज अपराह्न नेपाल फर्कनुभयो । दोहास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत मणिरत्न शर्मा, कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार विभागका अधिकारी तथा राजदूतावासका कर्मचारीले उहाँको टोलीलाई हमद अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त