लन्डन । दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको वार्षिक साधारण सभा गत २४ जनवरी २०१६ का दिन प्लमस्टिडस्थित गेसो सभाहलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभाले संस्थाको यस वर्षको पहिलो कार्यक्रम अन्तर्गत समाजका सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा १३ फेब्रुअरी २०१६ का दिन तमु (गुरुङ) लामा बौद्ध समाजका अध्यक्ष आचार्य शिरलामा गुरुङ मार्फत पूजा तथा प्रवचन गर्ने निर्णय गरेको छ ।
त्यसै गरि, ग्रीनवीच नेपाली युथ अर्गनाइजेशन र साउथ इष्ट रिजनल तमुधिं लन्डनको संयुक्त आयोजनामा ग्रीनवीच कप फुटबल २०१६ प्रतियोगिता गर्ने निर्णय भएको छ । यस अतिरिक्त साधारण सभाले सल्लाहकार सुमलकुमार गुरुङको संयोजनमा यसवर्षको वुद्ध जयन्तीका अवसरमा वृहत शान्ति र्याली गर्ने निर्णय गरेको छ ।
महासचिव सुमन गुरुङद्वारा सञ्चालित वार्षिक उक्त साधारण सभा संस्थापक अध्यक्ष तथा सल्लाहकार चन्द्रमान गुरुङ, वरिष्ठ सल्लाहकार मोहन गुरुङ तथा सभाध्यक्ष श्रीचन्द्रद्वारा द्वीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।
हिराप्रसाद गुरुङले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार मोहन गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चन्द्रमान गुरुङ, पूर्व अध्यक्ष हरी (गोविन्द) गुरुङ, पूर्व अध्यक्ष तथा सल्लाहकार क्या.रि. नारायण बहादुर गुरुङले शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभामा गत साल नेपालमा गएको भूकम्प पीडितहरुका लागि उठाइएको बांकी रकम हस्तान्तरण, च्यारिटी डिनर, हालै सम्पन्न ल्होछारको आय व्यय विवरण, समाजको पहिलो मुखपत्र आंशिमलां, अचल सम्पत्ति, आमा समूहको प्रतिवेदन, कोषाध्यक्ष र महासचिवको प्रतिवेदन, वर्षभरिका कार्यक्रम समेटेर तयार पारेको क्यालेन्डर, समाजको आजिवन सदस्यका लागि छलफल र विधान संशोधन, सामुदायिक भवन सम्बन्धि आर्थिक विवरणहरुबारे लगभग सात घण्टा लामो छलफल भएको थियो । उल्लेखित विषयमा गहन छलफल गरेर सकारात्मक निष्कर्षमा साधारण सभा समापन भएको थियो ।
वार्षिक साधारण सभाको अन्ततिर ल्होछार कार्यक्रममा अध्यक्षले छुटेका अवार्ड वितरण गरेका थिए ।
अन्त्यमा सभाध्यक्षले सहभागी सबैलाई धन्यवाद दिंदै साधारण सभा समापन गरेका थिए । साधारण सभाका लागि खाजा प्रवन्ध समाजका सदस्यद्वय याम गुरुङ र तारा गुरुङले प्रायोजन गरेका थिए । दिउंसो खाना व्यवस्था समाजको आमा समूहले प्रायोजन गरेको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल