मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: ०८:४३ | UK Time: 03:58

प्रा. सुवेदी प्रतिष्ठित जर्नलको सम्पादकीय बोर्डमा अध्यक्ष नियुक्त

वीनेपाली
२०७२ माघ ११ गते १९:५९
प्रा. डा. सूर्यप्रसाद सुवेदी, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता

प्रा. डा. सूर्यप्रसाद सुवेदी, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी (ओबिइ) एक प्रतिष्ठित जर्नलको सम्पादकीय बोर्डमा अध्यक्ष नियुक्त भएका छन् । हालै बैंककमा सम्पन्न एसियन सोसाइटी अफ इन्टरनेशनल ल को पांचौं सम्मेलनले प्रा. सुवेदीलाई क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशन हुने एसियन जर्नल अफ इन्टरनेशनल लका लागि उक्त जिम्मेवारी सुम्पेको हो ।

सुवेदीका अनुसार, उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय न्यायलयका न्यायधिशहरु, संयुक्त राष्ट्रसंघ सम्वद्ध इन्टरनेशनल ल कमिसनका सदस्यहरु तथा एसियासहित विश्वभरका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापकहरुको सहभागिता थियो ।

सुवेदी ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक