डेनमार्क । नेपाली समाज डेनमार्कले भूकम्पबाट क्षतिग्रस्त विद्यालय निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । सिन्धुपाल्चोकस्थित क्षतिग्रस्त स्कुल भवन निर्माणका लागि १० देखि १३ लाख रुपैयांसम्म खर्च गरिने समाजले जनाएको छ । विद्यालय निर्माण कार्य चैतबाट शुरु हुनेछ । यस कार्यका लागि नेपाली कम्युनिटी डेनमार्कका अध्यक्ष इन्द्र सापकोटा र सचिव माया सुवेदीको व्यस्तता बढेको छ ।
उनीहरुले यस योजनामा सहयोग गर्ने नेपाली दूतावास एवं युरोप र बेलायतमा रहेका समस्त नेपालीमा आभार व्यक्त गरेका छन् । स्कुलको नक्सा डिजाइन समेत आफूले गरेको जनाउंदै अध्यक्ष सापकोटाले आगामी दिनमा पनि सामाजिक काममा लाग्ने प्रण गरे ।
यसअघि नेपाली समाज डेनमार्कले भूकम्प लगत्तै ५ लाख रुपैयां नगद सहित लत्ता कपडा र अन्य अत्यावश्यक वस्तुहरु प्रदान गरेको थियो ।
समाजले नेपालका लोकप्रिय गायक सुगम पोखरेल, राजेश पायल राई, वुद्धि तामाङ्गलगायतलाई झिकाएर च्यारिटी यूरोप टुर गराइसकेको छ ।
यसैबीच, समाजले आगामी महिना फेब्रुअरीमा फेरि सांगीतिक कार्यक्रम गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा कलाकारहरु मेघ लामा, रेश्मा सुनुवार, भरत सिटौला आदिको प्रस्तुति रहने कार्यक्रम संयोजक माया सुवेदीले जनाइन् ।
उता, नेपाली कम्युनिटी डेनमार्ककै आयोजनामा २०१६ को समर तिर महानायक राजेश हमाल, गायक हिमाल सगर, हांस्य अभिनेता जितु नेपाल सहितको टोलीले युरोप र बेलायत भ्रमण गर्ने योजना छ । उक्त भ्रमणमा बेलायत र युरोप गरि १८ भन्दा बढि स्थानमा कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई