नेपाली समाज डेनमार्कले क्षतिग्रस्त विद्यालय निर्माण गर्ने

ghar

डेनमार्क । नेपाली समाज डेनमार्कले भूकम्पबाट क्षतिग्रस्त विद्यालय निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । सिन्धुपाल्चोकस्थित क्षतिग्रस्त स्कुल भवन निर्माणका लागि १० देखि १३ लाख रुपैयांसम्म खर्च गरिने समाजले जनाएको छ । विद्यालय निर्माण कार्य चैतबाट शुरु हुनेछ । यस कार्यका लागि नेपाली कम्युनिटी डेनमार्कका अध्यक्ष इन्द्र सापकोटा र सचिव माया सुवेदीको व्यस्तता बढेको छ ।
उनीहरुले यस योजनामा सहयोग गर्ने नेपाली दूतावास एवं युरोप र बेलायतमा रहेका समस्त नेपालीमा आभार व्यक्त गरेका छन् । स्कुलको नक्सा डिजाइन समेत आफूले गरेको जनाउंदै अध्यक्ष सापकोटाले आगामी दिनमा पनि सामाजिक काममा लाग्ने प्रण गरे ।

यसअघि नेपाली समाज डेनमार्कले भूकम्प लगत्तै ५ लाख रुपैयां नगद सहित लत्ता कपडा र अन्य अत्यावश्यक वस्तुहरु प्रदान गरेको थियो ।
समाजले नेपालका लोकप्रिय गायक सुगम पोखरेल, राजेश पायल राई, वुद्धि तामाङ्गलगायतलाई झिकाएर च्यारिटी यूरोप टुर गराइसकेको छ ।

यसैबीच, समाजले आगामी महिना फेब्रुअरीमा फेरि सांगीतिक कार्यक्रम 
गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा कलाकारहरु मेघ लामा, रेश्मा सुनुवार, भरत सिटौला आदिको प्रस्तुति रहने कार्यक्रम संयोजक माया सुवेदीले जनाइन् ।

उता, नेपाली कम्युनिटी डेनमार्ककै आयोजनामा २०१६ को समर तिर महानायक राजेश हमाल, गायक हिमाल सगर, हांस्य अभिनेता जितु नेपाल सहितको टोलीले युरोप र बेलायत भ्रमण गर्ने योजना छ । उक्त भ्रमणमा बेलायत र युरोप गरि १८ भन्दा बढि स्थानमा कार्यक्रम हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री