लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको बोर्ड अध्यक्ष टिका प्रसाद राईले बताए ।
नेपाली साहित्यको श्रीवृद्धिकालागि पहिचान सम्बन्धि अध्ययन अनुसन्धन हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउंदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउंदै, नयां बहुल समाज निर्माणका लागि पहिचान पुरस्कारको स्थपना गरिएको बोर्ड सदस्य डा. प्रमोद कोयी राईले जानकारी गराए ।
हाल दुई लाख दुई हजार दुई रुपैयां राशी रहेको सो पुरस्कारको राशी प्रत्येक वर्ष वा पांच पांच वर्षमा बढाउंदै लगिने र पुस्तकलाई पुरस्कार दिइने भए पनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने सदस्य जंग सुनुवारले जनाए ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह