काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा आज सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जीत हासिल गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिनुभएको छ ।
बहराइनको यू–२३ टिमलाई ३–० को जीत हासिल गरेर नेपाली टोलीले सफलता हात पारेकोमा प्रधानमन्त्री ओलीले खेलाडीलाई बधाइ ज्ञापन गर्नुभएको छ । उहाँले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ । २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र उहाँको व्यक्तिगत तर्फबाट पनि प्रधानमन्त्रीले बधाइ दिनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने प्रतिवद्धता प्रधानमन्त्री ओलीको छ ।
यसैबीच नेकपा (एमाले) केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पनि विज्ञप्ति जारी गरी ऐतिहासिक जीत हासिल गरेकामा नेपाली टोलीलाई बधाई दिनुभएको छ ।