लन्डन । यही मार्च ६ तारिखका दिन हुन लागेको नेपाल पत्रकार महासंघ यूके शाखाको तेस्रो अधिवेसनका लागि निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
निर्वाचन समितिले शुक्रबार प्रकाशित गरेको कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन फेब्रुअरी २४ तारिख अपरान्ह ४ बजे हुनेछ । सो नामावलीमा दावी, विरोध गर्न फेब्रुअरी २५ अपरान्ह २ बजेसम्मको समय दिइएको छ भने अन्तिम मतदाता नामावली प्रकाशन सोही दिन अपरान्ह ६ बजे गरिने छ ।
नयां कार्यसमितिका लागि उम्मेदवारी दर्ता फेब्रुअरी २८ दिउंसो ११ बजेदेखि १ बजेसम्म, उम्मेदवारको प्रथम नामावली प्रकाशन दिउंसो २ बजे, उम्मेदवारीमा दावी विरोध तथा उम्मेदवारी फिर्ता ५ बजेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशन मार्च १ तारिख अपरान्ह ६ बजे गरिने छ भने मतदान कार्यक्रम मार्च ६ तारिख बिहान १० बजेदेखि दिउंसो १२ बजेसम्म तोकिएको छ ।
निर्वाचन नतिजा घोषणा दिउंसो ३ बजे गरिने छ ।
यसैगरी समितिले आजै निर्वाचनका लागि नियमावली पनि जारी गरेको छ । जसअनुसार उम्मेदवार हुनको लागि अन्तिम मतदाता नामावलीमा प्रकाशित भएका सदस्यहरुमध्येबाट एक जना समर्थक र एक जना प्रस्तावक राखी तोकिएको उम्मेदवारी शुल्क तिरेर तोकिएको मिति र स्थानमा स्वयम् उपस्थिति भइ दर्खास्त दर्ता गराउनु पर्ने बताइएको छ । साथै उम्मेदवारी दिन वा मतदान गर्नका लागि आफ्नो परिचय खुल्ने प्रमाण ल्याउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यक्रमहरू नर्थाेल्टस्थित ब्लु अर्किड रेस्टुरेन्टमा हुने छ ।
उम्मेदवारी शुल्क अध्यक्ष पदका लागि ५० पाउण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षका लागि ४० पाउण्ड र सदस्य पदका लागि २० पाउण्ड तोकिएको छ ।
महासंघले निर्वाचन कार्यका लागि विजय थापाको संयोजकत्वमा भगीरथ योगी र नवीन पोखरेल रहेको निर्वाचन समिति बनाएको छ । सोलिसिटर राजु थापा सो समितिका कानुनी सल्लाहकार छन् ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त