पत्रकार महासंघ यूकेकाे निर्वाचन कार्यक्रम प्रकाशित

FNJ HQ Logo

लन्डन । यही मार्च ६ तारिखका दिन हुन लागेको नेपाल पत्रकार महासंघ यूके शाखाको तेस्रो अधिवेसनका लागि निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।

निर्वाचन समितिले शुक्रबार प्रकाशित गरेको कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन फेब्रुअरी २४ तारिख अपरान्ह ४ बजे हुनेछ । सो नामावलीमा दावी, विरोध गर्न फेब्रुअरी २५ अपरान्ह २ बजेसम्मको समय दिइएको छ भने अन्तिम मतदाता नामावली प्रकाशन सोही दिन अपरान्ह ६ बजे गरिने छ ।

नयां कार्यसमितिका लागि उम्मेदवारी दर्ता फेब्रुअरी २८ दिउंसो ११ बजेदेखि १ बजेसम्म, उम्मेदवारको प्रथम नामावली प्रकाशन दिउंसो २ बजे, उम्मेदवारीमा दावी विरोध तथा उम्मेदवारी फिर्ता ५ बजेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशन मार्च १ तारिख अपरान्ह ६ बजे गरिने छ भने मतदान कार्यक्रम मार्च ६ तारिख बिहान १० बजेदेखि दिउंसो १२ बजेसम्म तोकिएको छ ।
निर्वाचन नतिजा घोषणा दिउंसो ३ बजे गरिने छ ।

यसैगरी समितिले आजै निर्वाचनका लागि नियमावली पनि जारी गरेको छ । जसअनुसार उम्मेदवार हुनको लागि अन्तिम मतदाता नामावलीमा प्रकाशित भएका सदस्यहरुमध्येबाट एक जना समर्थक र एक जना प्रस्तावक राखी तोकिएको उम्मेदवारी शुल्क तिरेर तोकिएको मिति र स्थानमा स्वयम् उपस्थिति भइ दर्खास्त दर्ता गराउनु पर्ने बताइएको छ । साथै उम्मेदवारी दिन वा मतदान गर्नका लागि आफ्नो परिचय खुल्ने प्रमाण ल्याउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यक्रमहरू नर्थाेल्टस्थित ब्लु अर्किड रेस्टुरेन्टमा हुने छ ।

उम्मेदवारी शुल्क अध्यक्ष पदका लागि ५० पाउण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षका लागि ४० पाउण्ड र सदस्य पदका लागि २० पाउण्ड तोकिएको छ ।

महासंघले निर्वाचन कार्यका लागि विजय थापाको संयोजकत्वमा भगीरथ योगी र नवीन पोखरेल रहेको निर्वाचन समिति बनाएको छ । सोलिसिटर राजु थापा सो समितिका कानुनी सल्लाहकार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री