लन्डन । कला र संस्कृतिमा परापूर्व कालदेखि नै धनी छ नेपाल । मन्दिर, स्तुपा, गुम्वा लगायत विभिन्न ठाउंमा नेपाली कला जगमगाई रहेको देखिन्छ । अरनिको लगायत अरु धेरै कलाकारहरुले नेपाली कला विदेशमा समेत प्रचार प्रसार गरी नेपालको शिर उंचो बनाउने काम गर्दै आएका छन् ।
यसै प्रसंगमा अहिले नेपालको कला बेलायती विश्वविद्यालय सम्म ल्याएर सिकाउने काम गरेकी छिन् डा. रेनुका गुरुङले । नेपाली परम्परागत कलामा विद्यावारिधि गरेकी रेनुकाका पेन्टिङहरु प्रसिद्ध छन् । आफूसंग भएको कलाको प्रतिभा अरुलाई सिकाउन उनी प्रयत्नशील भइरहेकी छिन् ।
लन्डनको प्रसिद्ध द प्रिन्स स्कुल अफ ट्रेडिशनल आर्ट्समा सबै उमेर समूहका बेलायतीहरूले बढो ध्यानपूर्वक नेपाली कला सिक्दा आफ्नो धरोहरको गर्व लाग्ने रहेछ ।
रेनुकाले आउंदो महिना फेब्रुअरी ८ देखि १२ सम्म यन्त्र र मण्डला पेन्टिङ कक्षा एवं फेब्रुअरी १५ देखि १९ सम्म पञ्च वुद्धको पेन्टिङबारे प्रशिक्षण दिने कार्यक्रम छ । युनिभर्सिटी अफ लन्डन अन्तर्गतको यो कक्षालाई बग्री फाउन्डेसनले सहयोग गरेको छ ।
‘मैले जानेको सबैलाई सिकाउन कोशिस गर्छु’, रेनुकाले भनिन्, ‘म बेलायत आएको बेला बेलायतमा जन्मेका या बसोबास गर्ने नेपालीहरुलाई हाम्रो आफ्नो कला सिकाउने मेरो प्रयत्न हुनेछ ।’ उनले जो कसैले पनि द प्रिन्स स्कुल अफ ट्रेडिशनल आर्ट्समा सम्पर्क गरेर भर्ना हुन सकिने जनाइन् । ‘म संग सम्पर्क गरे पनि अरु जानकारी दिन तयार छु’, गुरुङले भनिन् ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त