लन्डन । कला र संस्कृतिमा परापूर्व कालदेखि नै धनी छ नेपाल । मन्दिर, स्तुपा, गुम्वा लगायत विभिन्न ठाउंमा नेपाली कला जगमगाई रहेको देखिन्छ । अरनिको लगायत अरु धेरै कलाकारहरुले नेपाली कला विदेशमा समेत प्रचार प्रसार गरी नेपालको शिर उंचो बनाउने काम गर्दै आएका छन् ।
यसै प्रसंगमा अहिले नेपालको कला बेलायती विश्वविद्यालय सम्म ल्याएर सिकाउने काम गरेकी छिन् डा. रेनुका गुरुङले । नेपाली परम्परागत कलामा विद्यावारिधि गरेकी रेनुकाका पेन्टिङहरु प्रसिद्ध छन् । आफूसंग भएको कलाको प्रतिभा अरुलाई सिकाउन उनी प्रयत्नशील भइरहेकी छिन् ।
लन्डनको प्रसिद्ध द प्रिन्स स्कुल अफ ट्रेडिशनल आर्ट्समा सबै उमेर समूहका बेलायतीहरूले बढो ध्यानपूर्वक नेपाली कला सिक्दा आफ्नो धरोहरको गर्व लाग्ने रहेछ ।
रेनुकाले आउंदो महिना फेब्रुअरी ८ देखि १२ सम्म यन्त्र र मण्डला पेन्टिङ कक्षा एवं फेब्रुअरी १५ देखि १९ सम्म पञ्च वुद्धको पेन्टिङबारे प्रशिक्षण दिने कार्यक्रम छ । युनिभर्सिटी अफ लन्डन अन्तर्गतको यो कक्षालाई बग्री फाउन्डेसनले सहयोग गरेको छ ।
‘मैले जानेको सबैलाई सिकाउन कोशिस गर्छु’, रेनुकाले भनिन्, ‘म बेलायत आएको बेला बेलायतमा जन्मेका या बसोबास गर्ने नेपालीहरुलाई हाम्रो आफ्नो कला सिकाउने मेरो प्रयत्न हुनेछ ।’ उनले जो कसैले पनि द प्रिन्स स्कुल अफ ट्रेडिशनल आर्ट्समा सम्पर्क गरेर भर्ना हुन सकिने जनाइन् । ‘म संग सम्पर्क गरे पनि अरु जानकारी दिन तयार छु’, गुरुङले भनिन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम