लन्डन । डा. बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयां शक्ति अभियान बेलायतमा पनि शुरु भएको छ । आइतबार लन्डनमा आयोजित एक भेलाले स्कटल्याण्डस्थित व्यवसायी भोला खनालको संयोजकत्वमा अभियन्ताहरुको २० सदस्यीय एक समिति गठन गरेको छ ।
समितिमा दीपक गैरे, गणेश अधिकारी, प्रकाश शर्मा, रुद्रबहादुर श्रेष्ठ लगायत छन् । भेलाले विभिन्न सात विभाग समेत गठन गरेको छ जसमा संगठन विभागमा दीपक गैरे, युवा विभाग गणेश अधिकारी, महिला विभाग सिर्जना गुरुङ, व्यवसायी तथा वुद्धिजिवी विभाग रुद्रबहादुर श्रेष्ठ आदि छन् ।
संयोजक खनालले नयां शक्तिमा बेलायतका कयौं व्यवसायी, वुद्धिजिवी, एनआरएनहरु साथै नेपाली कांग्रेस र एमाले कार्यकर्ता समेत आकर्षित भएको दावी गरे ।
बैशाखतिर नयां शक्तिले पार्टीको रुप धारण गरेसंगै अप्रिलमा यहांस्थित अभियन्ताहरुको भेला गरि नयां रणनीति तय गरिने खनालले जनाए ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह