लन्डन । डा. बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयां शक्ति अभियान बेलायतमा पनि शुरु भएको छ । आइतबार लन्डनमा आयोजित एक भेलाले स्कटल्याण्डस्थित व्यवसायी भोला खनालको संयोजकत्वमा अभियन्ताहरुको २० सदस्यीय एक समिति गठन गरेको छ ।
समितिमा दीपक गैरे, गणेश अधिकारी, प्रकाश शर्मा, रुद्रबहादुर श्रेष्ठ लगायत छन् । भेलाले विभिन्न सात विभाग समेत गठन गरेको छ जसमा संगठन विभागमा दीपक गैरे, युवा विभाग गणेश अधिकारी, महिला विभाग सिर्जना गुरुङ, व्यवसायी तथा वुद्धिजिवी विभाग रुद्रबहादुर श्रेष्ठ आदि छन् ।
संयोजक खनालले नयां शक्तिमा बेलायतका कयौं व्यवसायी, वुद्धिजिवी, एनआरएनहरु साथै नेपाली कांग्रेस र एमाले कार्यकर्ता समेत आकर्षित भएको दावी गरे ।
बैशाखतिर नयां शक्तिले पार्टीको रुप धारण गरेसंगै अप्रिलमा यहांस्थित अभियन्ताहरुको भेला गरि नयां रणनीति तय गरिने खनालले जनाए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन