लन्डन । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा यहांबाट व्यवसायीहरुको एक प्रतिनिधिमण्डल नेपाल जाने भएको छ । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले आगामी मार्च दोश्रो साता उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डल नेपाल लैजान लागेको हो ।
उक्त प्रतिनिधिमण्डलले १४ मार्च देखि सरकारी अधिकारीसहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री, लगानी बोर्ड, डिएफआइडी, बेलायती दूतावास प्रतिनिधि साथै अन्य निजी क्षेत्रसंग छलफल गर्ने अपेक्षा छ । सो क्रममा बेलायती र नेपाली व्यवासायीहरुबीच अनुभव आदानप्रदान एवं लगानीका सम्भाव्यताबारे छलफल हुने बीएनसीसीले जनाएको छ । प्रतिनिधिमण्डलले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई शताव्दीका अवसरमा काठमाण्डौंमा हुने विभिन्न कार्यक्रममा समेत भाग लिने जनाइएको छ ।
बीएनसीसी अध्यक्ष एवं ब्रिटिश कलेज काठमाण्डौंका सिइओ राजन कंडेलले नेपालमा लगानीका लागि कहिल्यै पनि समय प्रतिकुल नभएको बताए । उनले नेपालमा लगानी गर्न चाहनेलाई विना प्रतिष्पर्धा धेरै अवसर भएको समेत दावी गरे । तर, नेपाल सरकारले विदेशी उद्योगी व्यापारीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा उनको जोड छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम