
साउदी अरब, ४ माघ । साउदी अरबस्थित एक कम्पनीमा बन्दी सरह जीवन बिताइरहेका नेपाली कामदारको उद्धारका लागि पहल थालिएको छ ।
रियादमा रहेको नेपाली दूतावासले मोहम्मद अलमोजिल ग्रुप कम्पनी (एमएमजी) मा बन्धक बनाइएका ५० नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो । ती नेपाली कामदारलाई उद्धार गरी स्वदेश फिर्तीका लागि प्रक्रिया अघि बढाइएको साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए ।
पटक–पटक आग्रह गर्दा पनि रोजगारदाता कम्पनीले अटेर गरेपछि पूर्वी क्षेत्रीय डेपुटी गर्भनर डा खालिद मोहम्मद अल बतल र श्रम कार्यालयका महानिर्देशक ओमर बिन साले अलअम्रीसँग भेटवार्ता गरी नेपाली कामदारको उद्धारका लागि पहल गरिएको शर्माले बताए ।
पूर्वी क्षेत्रीय डेपुटी गर्भनर र श्रम कार्यालयका महानिर्देशकको निर्देशन पछि रोजगारदाताले नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन सहमत भएको हो ।
शर्माका अनुसार २१ नेपालीलाई स्वदेश फिर्तीका लागि भिसा प्रक्रिया अगाडि बढिसकेको छ । जसमध्ये नौ जनाको यही हप्ताभित्रै स्वदेश फर्कने व्यवस्था मिलाइएको र बाँकी १२ को अर्को लटमा व्यवस्था गरिएको दूतावासले जनाएको छ । तीन जना नेपालीलाई भने यसअघि नै उद्धार गरी स्वदेश पठाई सकिएको छ । नेपाल फर्कन नचाहेका बाँकी कामदारलाई भने अन्य कम्पनीमा सर्ने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।
रोजगारदाता कम्पनीले यहाँको आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा ती नेपाली कामदार एक वर्षदेखि बन्दी सरह जीवन बिताउन बाध्य भएका थिए ।
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार