अवार्ड लिन महत लन्डनमा

Mahat London

लन्डन । पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महत सोमबार बिहान लन्डन आइपुगेका छन् ।

बेलायती लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द 
बैंकरले प्रदान गर्न लागेको उत्कृष्ट अर्थमन्त्री अर्थात ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६ अवार्ड’ लिन उनी यहां आएका हुन् ।

महतलाई स्वागत गर्न कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति लोक 
गुरुङलगायत हिथ्रो विमानस्थल पुगेका थिए ।

बैंकरले उनलाई विनाशकारी भूकम्पपछि उद्दार र पुनर्निर्माणका लागि 
अन्तर्राष्ट्रिय सहायता जुटाउन महत्वपूर्ण योगदान गरेकामा सम्मान गरिएको जनाएको छ ।

भूकम्प लगत्तै महत अर्थमन्त्रीका हैसियतमा एसियाली विकास बैंकको वार्षिक बैठक, अजरबैजान गएपछि गत जुन २५ मा नेपालको पुनर्निर्माण सम्मेलन आयोजना गर्न सम्भव भएको बैंकरको बुझाइ छ ।

उक्त सम्मेलनमा चार दशमलव एक बिलियन डलर सहयोगको प्रतिवद्धता आएको थियो । तर, नेपालमै र सामाजिक सञ्जालतिर महतलाई उत्कृष्ट अर्थमन्त्री बनाइएकामा व्यापक आलोचना समेत भएको थियो ।

महतसंग नेपाली जनसम्पर्क समिति, बेलायत र गैर आवासीय नेपाली संघ, बेलायतले क्रमशः मंगलबार र बुधवार अन्तरक्रिया कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री