लन्डन । पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महत सोमबार बिहान लन्डन आइपुगेका छन् ।
बेलायती लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द बैंकरले प्रदान गर्न लागेको उत्कृष्ट अर्थमन्त्री अर्थात ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६ अवार्ड’ लिन उनी यहां आएका हुन् ।
महतलाई स्वागत गर्न कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए युरोप संयोजक कुल आचार्य, नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति लोक गुरुङलगायत हिथ्रो विमानस्थल पुगेका थिए ।
बैंकरले उनलाई विनाशकारी भूकम्पपछि उद्दार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन महत्वपूर्ण योगदान गरेकामा सम्मान गरिएको जनाएको छ ।
भूकम्प लगत्तै महत अर्थमन्त्रीका हैसियतमा एसियाली विकास बैंकको वार्षिक बैठक, अजरबैजान गएपछि गत जुन २५ मा नेपालको पुनर्निर्माण सम्मेलन आयोजना गर्न सम्भव भएको बैंकरको बुझाइ छ ।
उक्त सम्मेलनमा चार दशमलव एक बिलियन डलर सहयोगको प्रतिवद्धता आएको थियो । तर, नेपालमै र सामाजिक सञ्जालतिर महतलाई उत्कृष्ट अर्थमन्त्री बनाइएकामा व्यापक आलोचना समेत भएको थियो ।
महतसंग नेपाली जनसम्पर्क समिति, बेलायत र गैर आवासीय नेपाली संघ, बेलायतले क्रमशः मंगलबार र बुधवार अन्तरक्रिया कार्यक्रम राखेका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन