याक्थुङ चुम्लुङ कोल्चेस्टर शाखा गठन

12485860_1194565390572377_6337382609353058631_o

लन्डन । किरात याक्थुङ चुम्लुङको कोल्चेस्टर शाखा गठन भएको छ । गत १६ जनवरी २०१६ शनिवार भिमकुमार नियोङको अध्यक्षतामा समिति गठन भएको हो । उक्त अवसरमा केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष दिलसिङ मेन्याङबो र पिपिसी संयोजक चित्रराज लिम्बुको उपस्थिति थियो ।

पूर्व क्षेत्रीय प्रतिनिधि घन लिम्बु र डम्बर हुक्पा चोङबाङको पहलमा गठन गरिएको शाखा समितिमा अध्यक्ष भिमकुमार नियोङ, उपाध्यक्ष देउमान माङदेन, सचिव सोमप्रसाद हुक्पा चोङबाङ, सहसचिव कविता वनेम, कोषाध्यक्ष अमर कुरुम्वाङ र सदस्यहरुमा देवीराज लिम्बु  र विष्णु माया लिम्बु चुनिएका छन् ।

चयन भएका सम्पूर्ण पदाधिकारीलाई पिपिसी संयोजक चित्रराज लिम्बुले कार्यकाल सफलताका लागि बधाई र पूर्व क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद दिए । केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिलसिङले सम्पूर्ण नव नियुक्त पदाधिकारीहरुलाई खादा ओढाई शपथ ग्रहण गराएका थिए ।

घन लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा डम्बर हुक्पा चोङवाङले खाना व्यवस्था गरेका थिए । अन्त्यमा कक्फेक्वा तङनामको रमझम सहित कार्यक्रम राती १० बजे समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री