
रिहा भएका अमेरिकी नागरिक तेहरानबाट प्रस्थान
वाशिङटन (अमेरिका), ३ माघ । इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्ध फुकुवापश्चात इरानले रिहा गरेका अमेरिकी नागरिक लिएर विमान तेहरानबाट स्वदेशका लागि प्रस्थान गरेको एक उच्च अमेरिकी अधिकारीले बताएका छन् ।
ओबामा सरकारको प्रशासनले उक्त विमानमा इरानबाट स्वदेश फिर्ता हुन चाहेका सबै चार जना विमानमा छन् वा छैनन् भन्ने सम्बन्धमा केही जनाएको छैन ।
यद्यपि वाशिङटन पोस्टका प्रकाशकले उक्त पत्रिकाका संवाददाता र उहाँकी धर्मपत्नीले इरानबाट ५४५ दिनको कटु अनुभवपछि स्वदेशका लागि छुटेको बताए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
फेसबुक