
भूकम्प पीडितलाई सघाउन तीन घुम्तीको शो गरिने
लन्डन । नेपालका भूकम्प पीडितलाई सघाउन लन्डनमा तीन घुम्ती फिल्मको च्यारिटी शो गरिने भएको छ । नेपाल विद्यार्थी संघ बेलायतले इन्टरनेशनल नेपलिज आर्टिष्ट सोसाइटी (इनास) यूके र एभरेष्ट इन रेष्टुरेन्टको सहकार्यमा यही जनवरी २४ मा फिल्म प्रदर्शन गर्न लागेको हो । ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा दिउसो एक बजे फिल्म देखाइने कार्यक्रम छ ।
प्रवेश शुल्क दश पाउण्ड राखिएको जनाउंदै संघका उपसभापति रेशम बस्यालले फिल्म हेरिदिएर भूकम्प पीडितलाई सहयोग गर्न अपिल गरेका छन् ।
वीपी कोइरालाको चर्चित उपन्यास तीन घुम्तीमा आधारित उक्त फिल्म बाबुराम ढकालले निर्देशन गरेका हुन् । उक्त सिनेमामा बेलायतमै रहेका नायक ध्रुव दत्तसहित गरिमा पन्त, सुशान्त कार्की, भुवन चन्द, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, तीर्थ थापा आदिको अभिनय छ ।
उक्त फिल्मले बेलायतमा राम्रो प्रतिष्ठा बटुलिरहेको नायक दत्तले जनाए ।
अल्डरसटमा प्रिमियर गरिएपछि उक्त सिनेमा रेडिङ, क्याट्रिक, ननिटन, योर्क, एवरडिन र फोकस्टनमा प्रदर्शन भइसकेको छ ।
आगामी जनवरी ३० मा ब्रेकन वेल्स र फेब्रुअरी ६ मा कोलचेष्टरमा समेत प्रदर्शनको तयारी भएको दत्तले जनाए । दर्शकहरुले औधि रुचाएकाले लन्डन ह्यारोस्थित सफारी सिनेमा हल, बेजिङस्टोक, अक्सफोर्ड र वकिङमा समेत देखाइने बताइएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई