लन्डन । बेलायतमा अहिले दुई गायिका इन्दिरा जोशी र सुनिता दुलालका साथ नृत्य निर्देशक गोविन्द राईको गोर्खा कल्चरल नाइट हप्तै पिच्छे चलिरहेको छ ।
ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले झिकाएका ति कलाकारहरुले फार्नबोरो, रेडिङ र ग्रेजमा कार्यक्रम भ्याइसके । भोलि शनिवार योर्कमा हुंदैछ कार्यक्रम ।
फेब्रुअरी ७ मा अन्तिम शो हुनु अगाडि अझै धेरै शहरमा कार्यक्रम बांकी छ ।
कार्यक्रमबाट भर्खर स्थापित ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले नाम चाहिं कमाएको छ तर आर्थिक रुपमा मालामाल इन्दिरा र सुनितामात्र भएका छन् ।
आयोजकका अनुसार, ति कलाकारले एउटा शोबाट कम्तीमा ६ सय ५० पाउण्ड लिने गरेका छन् । नृत्य निर्देशक राईको रेट अलिक कम भएपनि इन्दिराको सबैभन्दा उच्च छ भने त्यसपछि सुनिताको । हल भाडा र कार्यक्रम स्थलसम्म लान ल्याउन कलाकारलाई यातायात खर्च छंदैछ । तर, विन्टर सिजन र अरु कलाकारको पनि कार्यक्रम जुधेकाले दर्शक उपस्थिति आशातित नभएपछि आयोजकलाई आर्थिक रुपमा नोक्सानी भएको छ ।
‘होटलमा राख्नुपर्यो, आवत जावत, खाना र सपिङ समेत गरिदिनुपर्दा हामीलाई आर्थिक भार त कति हो कति’, काउन्सिल सम्वद्ध एक पदाधिकारीको गुनासो छ, ‘ज्योति मगरको भिजा नलागेपछि अलिक हतारमा यी कार्यक्रम तय गरिए । अलिक बढि समय र राम्रो प्रचारप्रसार गर्न सकेको भए त कार्यक्रम चल्थ्यो कि ।’
जनवरी २ को पहिलो शो नै निरासाजनक भएको थियो । त्यही दिन तमुहरुको ल्होछार परेपछि हलसम्म आउने दर्शक संख्या न्यून भएर गायिका इन्दिरा स्वयंले शोलाई पारिवारिक जमघट भनेकी थिइन् । पहिलो शोमा सुनिता उपस्थित थिइनन् ।
काउन्सिलले मुटु माथि ढुंगा राखेरै भएपनि मुस्कान दिइरहेको छ कारण ति कलाकारसंग नाम नजोडिएको भए उसको नाम यति फैलिने थिएन ।

नरेन्द्र बस्नेतको क्यामेरामा गायिका सुनिता दुलाल । कलाकारहरुलाई दर्शकले शिरमा चढाइदिने नगद पनि थप आम्दानीको श्रोत बन्छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन