
लण्डन । नेपलिज हिन्दू मंच युकेले बेलायतका रोजगार मन्त्री प्रीति पटेल र बेलायती संसद हाउस अफ कमन्समा सर्वदलीय हिन्दू समूहका संयोजक सांसद बब ब्ल्याकम्यानसित भेट गरेको छ ।
बेलायती संसद काउस अफ कमन्समा भएको सो भेटमा बेलायतस्थित नेपाली समुदाय र नेपाली हिन्दूहरुका विभिन्न विषयमा छलफल भएको बताइएको छ ।
मंचका महासचिव चिरञ्जीवी पौड्यालका अनुसार सो भेटमा पुरोहित तालिम, समानताको सम्बन्धी ऐन, दाहसंस्कार, हिन्दूहरुलाई चाडपर्वमा विदा लगायतका विषयमा छलफल भएको थियो ।
मन्त्री र सांसदले नेपाली प्रतिनिधिमण्डलले उठाएका सवालमा सकारात्मक प्रतिक्रिया दिएको उनले थपे ।
प्रतिनिधिमण्डलमा मंचका अध्यक्ष सूर्यप्रसाद उपाध्याय, संस्थापक सदस्य रवि लामिछाने, पण्डित दुर्गाप्रसाद पोखरेल, शंकर दाहाल र पौड्याल सहभागी थिए ।
टोलीले सांसल ब्ल्याकम्यानसित नाकाबन्दी र भुकम्पले गर्दा नेपालीहरुले सामना गरिरहनुपरेको असजिलोका बारेमा पनि ध्यानाकर्षण गराएको थियो । सांसल ब्ल्याकम्यानले सो बारेमा गम्भीर चासो व्यक्त गर्दै ती मानवीय सवालहरुमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ