
लण्डन । नेपलिज हिन्दू मंच युकेले बेलायतका रोजगार मन्त्री प्रीति पटेल र बेलायती संसद हाउस अफ कमन्समा सर्वदलीय हिन्दू समूहका संयोजक सांसद बब ब्ल्याकम्यानसित भेट गरेको छ ।
बेलायती संसद काउस अफ कमन्समा भएको सो भेटमा बेलायतस्थित नेपाली समुदाय र नेपाली हिन्दूहरुका विभिन्न विषयमा छलफल भएको बताइएको छ ।
मंचका महासचिव चिरञ्जीवी पौड्यालका अनुसार सो भेटमा पुरोहित तालिम, समानताको सम्बन्धी ऐन, दाहसंस्कार, हिन्दूहरुलाई चाडपर्वमा विदा लगायतका विषयमा छलफल भएको थियो ।
मन्त्री र सांसदले नेपाली प्रतिनिधिमण्डलले उठाएका सवालमा सकारात्मक प्रतिक्रिया दिएको उनले थपे ।
प्रतिनिधिमण्डलमा मंचका अध्यक्ष सूर्यप्रसाद उपाध्याय, संस्थापक सदस्य रवि लामिछाने, पण्डित दुर्गाप्रसाद पोखरेल, शंकर दाहाल र पौड्याल सहभागी थिए ।
टोलीले सांसल ब्ल्याकम्यानसित नाकाबन्दी र भुकम्पले गर्दा नेपालीहरुले सामना गरिरहनुपरेको असजिलोका बारेमा पनि ध्यानाकर्षण गराएको थियो । सांसल ब्ल्याकम्यानले सो बारेमा गम्भीर चासो व्यक्त गर्दै ती मानवीय सवालहरुमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन