बेलायतबाट गरियाे पहिचान पुरस्कारकाे स्थापना

Kangmang Naresh

पुरस्कारका पहलकर्ता काङमाङ नरेश राई

 

लण्डन । लेखनकाे माध्यमबाट पहिचानकाे मुद्दालाई सशक्त पार्ने स्रष्टा र कृतिलाई प्राेत्साहन गर्ने उद्देश्यले पहिचान पुरस्कारकाे स्थापना गरिएकाे छ ।

लण्डन निवासी साहित्यकार तथा सामाजिक कार्यकर्ता नरेश काङमाङ राईकाे पहलमा साे पुरस्कारकाे स्थापना भएकाे हाे  ।

पुरस्कारकाे राशी शुरूमा २ लाख ५ दुई रूपियाँ हुने बताइएकाे छ । साे राशीलाई हरेक पाँच/पाँच वर्षमा बढाउँदै लगिने पनि जानकारी दिइयाे ।

हरेक वर्ष उभौली यामसँगै साे पुरस्कार प्रदान गरिने बताइएकाे छ ।

पुरस्कार कोषका दाताहरु बेलायतका विभिन्न सामाजिक संस्थामा अाअद्ध ब्यक्ति ब्यक्तित्वहरु छन् ।

साे पुरस्कारकाे स्थापनाबाट पहिचानसम्बन्धि अध्ययन अनुसन्धानमा प्राेत्साहन मिल्ने र पहिचान सम्बन्धि लेखन सक्रिय हुने अाशा संस्थापक काङमाङकाे रहेकाे छ । जसबाट नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै, नयाँ बहुल समाज निर्माण गर्न सहयाेग पुग्ने विश्वास उनले व्यक्त गरे ।

पहिचानको बारेमा लेखिएका सबै विधाका कृतिहरू पुरस्कारकाे दाबेदार हुन सक्ने छन् । पुरस्कार वितरण गरिंदा पुरस्कृत स्रष्टाकाे रिति संस्कारअनुसार सम्मान र पुरस्कृत गरिने बताइएकाे छ । पहिचानलाई विखण्डनको नारासँग जाेडेर हेर्ने गरिएकाेमा त्यसलाई सहिष्णुतामा परिणत गर्ने यस्ता कार्यले सहयाेग गर्ने संस्थापक काङमाङकाे अपेक्षा छ । यसका लागि सुरुका केही वर्ष नेपाली भाषामा लेखिएका पहिचानको मुद्दामा केन्द्रित कृतिलाई नै प्राथमिकतामा राखी पुरस्कृत गरिने याेजना उनले सुनाए । ‘भविष्यमा भने जातlको संस्कार, संस्कृति, ईतिहासका बारेमा लेखिएको कृतिहरुलाई र नेपालीबाहेक अन्य भाषामा लेखिएका पहिचानको मुद्दामा केन्द्रित कृतिहरूलाई पुरस्कृत गर्दै लान सकिनेछ’ उनले भने ।

२१ औं शताब्दीमा आइपुग्दा पहिचानविहीन व्यक्ति र समुदाय संसारमा गरीब, निमुखा भई बाँचिरहेकाे पहिचानलाई सहिष्णुताका साथ स्वीकार र संरक्षण गर्ने राष्ट्रहरू विकासको चरम उत्कर्षमा पुगिसकेका दाबी संस्थापकहरूले गरेका छन् । पहिचान मान्छेको लागि अनिवार्य आवश्यकता भएकोले नेपालजस्तो विकासोन्मुख राष्ट्रमा पहिचानको मुद्दा तेजिलो बनिरहेको तर, राज्यपक्षले हरेक क्षेत्रमा सीमान्तीकृत् पारिएका जाति र समुदायलाई पहिचान दिन नमानिरहेको उनीहरूकाे निस्कर्ष छ । तसर्थ, लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन पहिचानसम्बन्धि लेखिएका पुस्तक, कृतिलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा गरिएको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री