काठमाडौँ, १ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच खेलकुदका माध्यमबाट पारस्परिक मैत्री प्रवद्र्धन गर्ने उद्देश्यले सार्क राष्ट्रस्तरीय बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) यही माघ २२ देखि फागुन ४ गतेसम्म भारतका उत्तरपूर्वी सहर गुहाटी र शिलङमा हुने भएको छ ।
आठवटै सदस्य राष्ट्रका खेलाडी सहभागी हुने उक्त प्रतियोगितामा विभिन्न २३ विधामा २२८ वटा स्पर्धा हुनेछन् । दुई सय २८ स्वर्ण, त्यति नै सङ्ख्यामा रजत र ३०८ काँस्य पदकका लागि प्रतिस्पर्धामा एक हजार ५०५ जना पुरुष र एक हजार १६७ जना महिला खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।
सार्कको अध्यक्षता गरिरहेको नेपालले उक्त प्रतियोगितामा २११ जना पुरुष र १८७ जना महिला खेलाडीलाई मैदानमा उतार्नेछ । नेपालले एथलेटिक्स, बास्केटबल, भलिबल, पौडी, कुस्ती, कबडी, ब्याडमिन्टन, बक्सिङ, जुडोलगायत खेलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न भारत सरकारले युवा मामिला तथा खेलकुद राज्यमन्त्री सर्वानन्द सोनोवालको अध्यक्षता तथा भारतीय ओलम्पिक सङ्घका अध्यक्ष एन रामचन्द्रनको सहअध्यक्षतामा प्रतियोगिता आयोजक समिति गठन गरेको छ ।
साग आयोजनाका निम्ति भारत सरकारले सचिवालय स्थापना गरेर सुरक्षा, स्वास्थ्य सेवा, यातायातलगायत आवश्यक कार्य तदारुकताका साथ गरिरहेको यहाँस्थित भारतीय राजदूतावासले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन