लन्डन । साउथ इस्ट लन्डनमा सक्रिय चार्लटन नेपाली समाज यूकेले नेपाली युवायुवतीबीच एक खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी फेब्रुअरी २१ तारिखका दिन आयोजना गरिने उक्त प्रतियोगितामा बेलायतका विभिन्न स्थानीय नेपाली संघ संस्थाहरुलाई आफ्ना बाल बालिकाहरु सहभागी गराइदिन आव्हान गरिएको छ । प्रतियोगितामा मुख्यतया नेपालसंग सम्बन्धित प्रश्नहरु सोधिने छ जसको विषय वस्तु समेत सहभागीहरुलाई प्रतियोगिता पहिले नै उपलब्ध गराइने आयोजकले जनाएका छन् । कार्यक्रम लन्डन चार्लटनस्थित एसेम्वली हलमा हुनेछ ।
प्रतियोगिताको संयोजन गरिरहेका चार्लटन नेपाली समाजका सचिव टि एन रिजालले बेलायतमा रहेका नेपाली अविभावकहरुले संस्थागत रुपमा आफ्ना नानीहरुलाई सामूहिक सहभागी गराउन सक्ने जनाए ।
तोकिएको समयावधि भित्र आवेदन दिनेहरुलाई तीन जनाको ग्रुपको रुपमा प्रतियोगितामा प्रवेश दिइने रिजालले बताए । यसका लागि यूकेका अन्य नेपाली संस्थाहरुको सहभागितामूलक सहयोग अपेक्षा गरेको समेत उनले बताए ।
चार्लटन नेपाली समाज यूकेका अध्यक्ष रोमनाथ पाण्डेले आफ्नो समाज नेपाली नयां पुस्ताको व्यक्तित्व विकास तथा सामूदायिक सामिप्यतामा सधैं लागि परिरहेको बताए ।
‘हाम्रा केटाकेटीलाई नेपाल र नेपालीसंग सधैं कसरी जोडेर राख्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ’, उनले भने ।
प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले यही जनवरी अन्त्यसम्म आफनो बसोबास रहेको क्षेत्रमा भएका स्थानीय नेपाली समाजसंगको समन्वयमा तीन जनाको समूह बनाएर समाजको वेवसाइटमा उपलव्ध फाराम भर्नुपर्नेछ ।
चार्लटन नेपाली समाजले लामो समयदेखि स्थानीय केटाकेटीहरुलाई नेपाली भाषा सिकाउन ‘लर्न नेपाली प्रोग्राम’ को रुपमा नेपाली भाषा कक्षाको सफल सञ्चालन गर्दै आइरहेको छ ।
लर्न नेपाली प्रोग्राम संयोजकको रुपमा कार्यरत समाजका पूर्व अध्यक्ष सुरज केसीले भाषा कक्षामा नेपाली भाषा मात्र नभएर नेपाली परम्परा, कला तथा संस्कृतिको समेत व्यवहारिक ज्ञान दिइने गरेको बताए ।
समाजले शुरु गरेको उक्त प्रोग्रामको सफलतासंगै बेलायतमा रहेका अन्य नेपाली संघ संस्थाले पनि नेपाली भाषा कक्षा सञ्चालनमा ल्याएका छन् ।
यसैबीच चार्लटन नेपाली समाजले भाषा कक्षा सञ्चालन भएकै स्थान चार्लटन म्यानर स्कुलमा एक बैठक आयोजना गरेको थियो । कार्यसमिति तथा सल्लाहकारहरु सम्मिलित उक्त बैठकमा नेपाली भाषा कक्षाको समिक्षा गर्दै स्वयं सेविकाको रुपमा कार्यरत शिक्षिका मञ्जु खरेललाई लर्न नेपाली प्रोग्रामको सह संयोजकको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । साथै बैठकमा भाषा कक्षाको सञ्चालनमा योगदान पुर्याउंदै आएका सबै स्वयंसेवक, शिक्षक तथा अभिभावकहरुप्रति आभार व्यक्त गरेको छ ।
बैठकमा संस्थाका भावी कार्यक्रमहरुबारे पनि छलफल गरिएको थियो ।
बैठकले समाजको आयोजनामा हुने आसन्न युवा हाजिर जवाफ प्रतियोगिता सफल बनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन