लन्डन । साउथ इस्ट लन्डनमा सक्रिय चार्लटन नेपाली समाज यूकेले नेपाली युवायुवतीबीच एक खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी फेब्रुअरी २१ तारिखका दिन आयोजना गरिने उक्त प्रतियोगितामा बेलायतका विभिन्न स्थानीय नेपाली संघ संस्थाहरुलाई आफ्ना बाल बालिकाहरु सहभागी गराइदिन आव्हान गरिएको छ । प्रतियोगितामा मुख्यतया नेपालसंग सम्बन्धित प्रश्नहरु सोधिने छ जसको विषय वस्तु समेत सहभागीहरुलाई प्रतियोगिता पहिले नै उपलब्ध गराइने आयोजकले जनाएका छन् । कार्यक्रम लन्डन चार्लटनस्थित एसेम्वली हलमा हुनेछ ।
प्रतियोगिताको संयोजन गरिरहेका चार्लटन नेपाली समाजका सचिव टि एन रिजालले बेलायतमा रहेका नेपाली अविभावकहरुले संस्थागत रुपमा आफ्ना नानीहरुलाई सामूहिक सहभागी गराउन सक्ने जनाए ।
तोकिएको समयावधि भित्र आवेदन दिनेहरुलाई तीन जनाको ग्रुपको रुपमा प्रतियोगितामा प्रवेश दिइने रिजालले बताए । यसका लागि यूकेका अन्य नेपाली संस्थाहरुको सहभागितामूलक सहयोग अपेक्षा गरेको समेत उनले बताए ।
चार्लटन नेपाली समाज यूकेका अध्यक्ष रोमनाथ पाण्डेले आफ्नो समाज नेपाली नयां पुस्ताको व्यक्तित्व विकास तथा सामूदायिक सामिप्यतामा सधैं लागि परिरहेको बताए ।
‘हाम्रा केटाकेटीलाई नेपाल र नेपालीसंग सधैं कसरी जोडेर राख्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ’, उनले भने ।
प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले यही जनवरी अन्त्यसम्म आफनो बसोबास रहेको क्षेत्रमा भएका स्थानीय नेपाली समाजसंगको समन्वयमा तीन जनाको समूह बनाएर समाजको वेवसाइटमा उपलव्ध फाराम भर्नुपर्नेछ ।
चार्लटन नेपाली समाजले लामो समयदेखि स्थानीय केटाकेटीहरुलाई नेपाली भाषा सिकाउन ‘लर्न नेपाली प्रोग्राम’ को रुपमा नेपाली भाषा कक्षाको सफल सञ्चालन गर्दै आइरहेको छ ।
लर्न नेपाली प्रोग्राम संयोजकको रुपमा कार्यरत समाजका पूर्व अध्यक्ष सुरज केसीले भाषा कक्षामा नेपाली भाषा मात्र नभएर नेपाली परम्परा, कला तथा संस्कृतिको समेत व्यवहारिक ज्ञान दिइने गरेको बताए ।
समाजले शुरु गरेको उक्त प्रोग्रामको सफलतासंगै बेलायतमा रहेका अन्य नेपाली संघ संस्थाले पनि नेपाली भाषा कक्षा सञ्चालनमा ल्याएका छन् ।
यसैबीच चार्लटन नेपाली समाजले भाषा कक्षा सञ्चालन भएकै स्थान चार्लटन म्यानर स्कुलमा एक बैठक आयोजना गरेको थियो । कार्यसमिति तथा सल्लाहकारहरु सम्मिलित उक्त बैठकमा नेपाली भाषा कक्षाको समिक्षा गर्दै स्वयं सेविकाको रुपमा कार्यरत शिक्षिका मञ्जु खरेललाई लर्न नेपाली प्रोग्रामको सह संयोजकको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । साथै बैठकमा भाषा कक्षाको सञ्चालनमा योगदान पुर्याउंदै आएका सबै स्वयंसेवक, शिक्षक तथा अभिभावकहरुप्रति आभार व्यक्त गरेको छ ।
बैठकमा संस्थाका भावी कार्यक्रमहरुबारे पनि छलफल गरिएको थियो ।
बैठकले समाजको आयोजनामा हुने आसन्न युवा हाजिर जवाफ प्रतियोगिता सफल बनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’