लन्डन । ब्रिटिश अभिनेत्री एवं गोर्खा वेलफेयर ट्रष्टकी उप संरक्षक जोआना लुम्ले (ओबिइ) ले भूकम्प पीडित गोर्खा भेट्रान र विधवालाई सघाउन अपिल गरेकी छन् । बीबीसी रेडियो फोरमार्फत प्रत्येक साता प्रसारित उनको तीन मिनेट लामो अपिलमा गत अप्रिलको विनाशकारी भूकम्पछि हजारौंको ज्यान गएको, गोर्खा भेट्रानसहित लाखौं घरवारविहीन भएका र त्यतिनै वालवालिका टुहुरा भएका उल्लेख गर्दै मानवीय संकटको घडीमा सहयोग गर्न आग्रह गरिएको छ ।
गोर्खाहरुले बेलायतका लागि दुई सय वर्षसम्म लडेको स्मरण गर्दै उनले अहिले विशेष गरि ग्रामीण भेगमा बस्ने भेट्रानहरुको जीवन ज्यादै कष्टकर बनेको जनाएकी छिन् । ट्रष्टले भेट्रानहरुको आवास प्रवन्धका लागि घरहरु पुनर्निर्माण गरिरहेको जनाउंदै लुम्लेले यस कार्यमा सघाउन सबैमा अपिल गरेकी हुन् । उनले अन्तिममा नेपालीमा धन्यवाद भनेकी छिन् ।
कुनै बेला जोआनाका पिता सिक्थ गोर्खा राइफल्स्मा कार्यरत भएकाले पनि जोआनाको भूपू गोर्खाहरुप्रति बढि माया र लगाव छ । उनकै सशक्त अभियानले भूपू गोर्खाहरुले सन् २००९ मा आवासीय अधिकार पाएका थिए । जोआनाले च्यारिटेवल उक्त ट्रष्टको अनुरोधलाई स्वीकार्दै सन् २००९ उपसंरक्षकको पद स्वीकारेकी थिइन् । संरक्षक भए यता उनले नेपालस्थित ट्रष्टका विभिन्न प्रोजेक्ट समेत अवलोकन गरिसकेकी छन् ।
उनले ब्रिटिश आर्मीमा गोर्खा भर्तीको दुई सय वर्ष मनाउने क्रममा ट्रष्टमार्फत कयौं च्यारिटी कार्यक्रमलाई समेत सहयोग गरेकी थिइन् ।
ट्रष्टले गोर्खा भेट्रानहरुको आर्थिक, औषधोपचार र अन्य विकासमा आगामी ५ वर्षभित्र २२ मिलियन पाउण्ड खर्च गर्ने लक्ष्य लिएको छ । उसले अहिले २१ सय घर पुनर्निर्माणको प्रतिवद्धता अघि सारेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल