बिहीबार, मंसिर १६ २०७८ | Thu, December 02, 2021
नेपालको समय: २२:०० | UK Time: 16:15

फर्वार्ड एकेडेमिक टिमको डेन्टल कक्षा अब फोकस्टनमा

वीनेपाली
२०७२ पुष ३० गते २१:२०

10273154_1376829735935312_8944115982239897146_o

लन्डन । साउथ इष्ट लन्डनस्थित फर्वार्ड एकेडेमिक टिम लि. ले गोर्खाहरुको घना वस्ती रहेको फोकस्टनमा पनि डेन्टल नर्सिङ कक्षा सञ्चालन 
गर्ने भएको छ । बेलायतभर अंगेजी भाषा शिक्षण तथा परीक्षा उपलब्ध 
गराइरहेको उक्त टिमले गोर्खाहरुकै आग्रहमा कक्षा सञ्चालन गर्न लागिएको दावी गरेको छ ।

कोर्स पठनपाठन ब्रिटिश गोर्खा आर्मी क्याम्प भित्रकै कम्युनिटी हलमा गरि विद्यार्थीहरुलाई प्राक्टिकलका लागि फोकस्टनकै डेन्टल प्राक्टिसहरुमा पठाइने कम्पनीको भनाइ छ ।

सैद्धान्तिक र व्यवहारिक गरि एक वर्षमै कोर्स सकिने र बजारमा यसको बढ्ढो स्कोपका कारण कोर्स अत्यन्त लोकप्रिय भइरहेको फर्वार्ड एकेडेमिक टिमकी निर्देशक संगीता मरहट्टाले बताइन् ।

फर्वार्डको लन्डनमा यसअघि नै डेन्टल कक्षा चालु छ । लन्डनको सफल 
कोर्सका कारण बेलायतका विभिन्न ठाउंबाट कक्षा सञ्चालनका लागि अनुरोध आइरहेको जनाउंदै छिट्टै स्कटल्याण्ड, आयरल्याण्ड र लन्डनका अन्य शहरमा पनि क्रमशः कक्षा शुरु गरिने टिमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक