लन्डन । बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा ट्रेकिङ गर्ने भएका छन् । ह्यारीको नेपाल भ्रमणबारे विस्तृत आइ नसकेपनि बेलायती अखवारले उनले ट्रेकिङ गर्ने उल्लेख गरेका हुन् । साहसिक खेलमा रुची राख्ने ह्यारी आउंदो वसन्त ऋतुमा नेपाल आउने केन्जिङटन प्यालेसले गत शुक्रबार सार्वजनिक गरिसकेको छ । बेलायत सरकारको अनुरोधमा उनको पहिलो नेपाल भ्रमण तय भएको हो ।
मानवीय सेवामा समर्पित ३१ वर्षीय ह्यारीले गत बैशाखमा आएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाको अवलोकन र पुनर्निर्माण कार्यको प्रगति बुझ्ने समाचारमा जनाइएको छ । ७ दशमलव ८ म्याग्निच्यूडको उक्त भूकम्पले झण्डै ९ हजारको मृत्यु र २० औं हजार घाइते भएका थिए ।
ह्यारी गोर्खाहरुबाट ज्यादै प्रभावित छन् । सन् २००७ मा अफगानिस्तान युद्ध मैदानमा गोर्खाहरुसंगै खटिएका उनी त्यसयता नेपाल भ्रमण गर्न लालयित भएको केही बेलायती मिडियाको बुझाइ छ ।
अफगानिस्तानको हेल्माण्ड प्रान्तमा ह्यारीले भनेका थिए, ‘यदि तपाईंलाई गोर्खाहरुसंग छु भन्ने थाहा भयो भने मलाई लाग्छ त्यो ठाउं जस्तो सुरक्षित अन्यत्र कहीं हुने छैन् ।’ अफिसरका रुपमा दश वर्ष सेवा गरेपछि ह्यारीले गत समरदेखि आर्मी छाडिसकेका छन् ।
डेली मेल अखवारका अनुसार, ह्यारी नेपालबाट फर्किएपछि आगामी मेमा ओर्लेन्डो, फ्लोरिडा जाने कार्यक्रम छ । त्यहां ह्यारीले प्यारालम्पिक स्टाइलको इन्भिक्टस खेल होस्ट गर्नेछन् । ह्यारी सन् २०१७ मा सहारा मरुभूमिमा हुने सबैभन्दा कष्टकर मानिने १५६ माइल लामो म्याराथनमा समेत भाग लिने जनाइएको छ ।
सन् २०१६ मा अन्य शाही परिवारको समेत विश्व भ्रमण तय भएका छन् । प्रिन्स विलियम र डचेस् केट मिडल्टनले सन् २०१६ मै पहिलो पटक हिमाली अति सानो मुलुक भुटान भ्रमण गर्ने भएका छन् । उनीहरुले भारतको समेत भ्रमण गर्ने केन्जिङटन प्यालेसले जनाइसकेको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय