लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल भ्रमण गराउन यहांको नेपाली समुदायले बुझाउने निमन्त्रणा पत्र तयार भएको छ । १५ जनवरीका दिन बुझाइने पत्रमा बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा क्यामरुनलाई सन् २०१६ भित्रै नेपाल भ्रमण गरिदिन विशेष निमन्त्रणा दिइएको छ ।
बेलायतसंग कुटनीतिक सम्वन्ध गांस्ने नेपाल दक्षिण एसियामै पहिलो मुलुक भएको उल्लेख गर्दै पत्रमा हालसम्म बेलायती रानीसहित राजपरिवारबाट बारम्बार नेपाल भ्रमण गरिएपनि बेलायती प्रधानमन्त्रीको भ्रमण नहुनु दुःखद भनिएको छ ।
बेलायतस्थित नेपाली डायष्पोराका तर्फबाट प्रदान गरिने उक्त निम्तो पत्रमा नेपाल भ्रमण गर्नुपर्ने प्रमुख कारण ४ बुंदामा उल्लेख गरिएको छ । गोर्खाहरुले २ सय वर्ष देखि बेलायती साम्राज्यका लागि लडिरहेका स्मरण गर्दै पत्रमा रानी ऐलिजावेथको गद्दी आरोहणका अवसरमा सर एडमण्ड हिलारीले विश्वकै अग्लो शिखर सगरमाथामा बेलायती झण्डा फहराएको जनाइएको छ ।
नेपाल दुई आर्थिक सम्पन्न देशहरु भारत र चीनको बीचमा अवस्थित भएको उल्लेख गर्दै क्यामरुनलाई बेलायतले नेपालबाट धेरै लाभ लिन सक्ने स्मरण गराइएको छ ।
पत्रको अन्तिममा हिमालहरुको देश नेपालमा क्यामरुनलाई स्वागत गर्न नेपाल र नेपाली जनता आतुर रहेको उल्लेख छ ।
बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन व्यवसायी राजाराम गिरीले संयोजन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन