छाेराछाेरीकाे जन्मदिनकाे खर्च कटाएर भुकम्प पीडितलाई घर

kosis
लण्डन । नेपालको भूकम्प पिडित गाउँको पुनः निर्माण गर्ने उदेश्यले लण्डनमा कोशिस प्रोजेक्ट सुरु भएको छ ।
लण्डनमा बस्दै अाएकी मनिषा डंगोल श्रेष्ठले आफुले आफ्नो छोरा र छोरीको जन्म दिनको अवसरमा बचेको रकमबाट भुकम्प पिडितहरुको लागि पुन निर्माण कोशिस गरेकी हुन्  ।
लण्डन फेशन हाउस र क्लिकटुरिच लिमिटेडले गरेको आइतबार लण्डनको ह्यारोमा अायाेजना गरेकाे मास्टर एण्ड मिस लिटल नेपाल यूके नाइट कार्यक्रममा सो प्रोजेक्टको उद्घाटन गरिएको हो ।
मिस टिन, मास्टर एण्ड मिस लिटल नेपाल यूके टिमले भुकम्प प्रभावित नुवाकाेटमा एउटा घरको पुनः निर्माण कार्यबाट कोशिस प्रोजेक्ट शुरु गर्ने जानकारी दिंदै डंगाेलले भनिन- पुनःनिर्माणमा साथ दिन धनी हुन्छु र गर्छु भनेर कुर्न जरुरी छैन,हामी सबैले आफ्नो गच्छे अनुसार सहयोग गर्दै जाने हो जसले गर्दा आवस्यक परेको समुदायले अहिले नै राहत महसुश गरोस् । ”
शुरुमा नुवाकोटमा रहेको एउटा गाउँमा टिमले घर बनाउने र पछि त्यो क्षेत्रको बिकासमा सहयोग थप जानकारी पुर्याउने जानकारी दिदै उनले भनिन-” सबैले आ-आफ्नो तर्फ़ बाट योगदान दिइरहेको बेला हाम्रा भावी सन्ततिहरुले पनि आफ्नो तर्फबाट योगदान दिएर उनीहरुको प्रत्यक्ष संलग्नतामा सहयोग पुर्याउनु हाम्रो उदेश्य हो । ”
नेपालमा बैसाख १२ मा भुकम्प गएको भुकम्पको बेला गाउँमै गएर आफुले सहयोग गरेको सम्झिंदै उनले यहाँबाट स्पोन्सर गर्ने बालबालिकाहरुकै नामबाट नेपालमा घर बनाउने जानकारी दिईन् साथै कोशिसमा सहयोग गर्न बेलायतबासी समुदाय सामु आह्वान गरिन् ।
कार्यक्रममा क्लिकटुरिच लिमिटेडका निर्देशक दिनेश कुमार परियारले भावी पुस्तामा नेपाली भाषा साहित्य र कलाको हस्तान्तरण गर्दा बेलायतमा नेपालीपन जोगाइरहन सहयोग मिल्ने जिकिर गरे ।
नेपलिज ब्रिटिश कम्मुनिटीका संयोजक कमल राज खनाल, कलाकार तथा समाजसेवी मनिष श्रेष्ठ , भिजन संसारका सनमकुमार बैराग लगायतले कार्यक्रमले नेपाली बालबालिकाहरुको प्रतिभा उजागर गर्न सहयोग गरेको बताए । कार्यक्रममा उनीहरु सबैलाई आयोजकका तर्फबाट सम्मानस्वरूप  कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम अन्त राष्ट्रिय कलाकार संघ(इनास-यूके) का संरक्षक मनिष श्रेष्ठ, संचारकर्मी बिमला सेने , उद्दमी देब गुरुङ, अमिर श्रेष्ठ, रेडियो राहिनोका संचालकद्वय रुपेश सिलवाल र अम्बिका छेत्री, एनबिसीका पूर्व संयोजक गंगा राना , पूर्व मिस यूके नेपाल दुर्गा गुरुङ,  समाजसेवी पशुपति भण्डारी लगायत पहिलो मिस टिन मास्टर एण्ड मिस लिटल नेपाल यूके २०१३ मा सहयोग पुर्याउने सबैलाई सम्मान स्वरूप कदरपत्र प्रदान गरिएको थियो ।
यसैगरी कार्यक्रमको प्रचारप्रसार गरि सहयोग पुर्याउने अनलाइनखबरडटकम, रेडियो राहिनो , वीनेपाली, लण्डननेपालडटकम, नेपालब्रिटेनडटकम, यूरोपको नेपालीपत्र, गुर्खा च्यानल , मेरोयूकेडटकम, हिमालयन मैल, एभरेस्ट टाइम्स र भिजन संसारलाई धन्यवाद प्रदान गरियो ।
लण्डन फेशन हाउसले क्लिकटुरिच लिमिटेडको सहकार्यमा सो कार्यक्रमको आयोजना गरेको हो । आयोजक लण्डन फेशन हाउसकी निर्देशिका मनिषा डंगोल श्रेष्ठले सन् २०१६ को जूनमा द्वितीय मिस टीन मास्टर / मिस लिटल नेपाल यूके प्रतियोगिता आयोजना गरिने जानकारी दिईन । प्रतियोगिताको लागि लण्डन , अल्डरशट र प्लमस्टीडमा मार्चको अन्तिम साता देखि नै अडिसन शुरू गरिनेछ । निर्देशिका श्रेष्ठले अनुसार धेरै भन्दा धेरै सहभागीहरुलाई संलग्न गराउन समुदायको सहयोग भएमा बेलायतका अरु स्थानमा पनि अडिसन गर्न सकिने बताईन ।
कार्यक्रम पूर्व मिस यूके नेपाल दुर्गा गुरुङले संचालन गरेकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री