लन्डन । दक्षिण पूर्वी क्षेत्रीय तमुधिं लन्डनले ल्होछारका अवसरमा सप्ताहन्तमा एक विशेष कार्यक्रम गरेको छ । गत शनिवार प्लमस्टिडस्थित एजियन कम्युनिटी हलमा संस्थाका अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । ल्होछार चर्चा, वृत्तचित्र प्रदर्शन, सम्मान र सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाइयो ।
महासचिव सुमन गुरुङ र कार्यक्रम संयोजक एवं सल्लाहकार योगेश गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी रोयल ग्रीनवीच बरोका मेयर नोर्मन एडम्स्ले नेपाली समुदायको योगदानप्रति आभार व्यक्त गरे । मन्तव्यका क्रममा तमुधिं यूके अध्यक्ष रामचन्द्र सूर्जे गुरुङले ल्होछारको शुभकामना दिंदै यसको सांस्कृतिक महत्वबारे चर्चा गरेका थिए । अध्यक्ष श्रीचन्द्र गुरुङले ल्होछार पर्वको महत्वबारे प्रकाश पार्दै संस्थाले गरेका गतिविधिबारे संक्षिप्त प्रकाश पारे । उनले कार्यक्रमका सहभागी र कार्यक्रम सफल बनाउन सघाउने सबैप्रति कृतज्ञता समेत प्रकट गरेका थिए ।
सयौं तमु र गैर तमु सहभागी कार्यक्रममा पहिलो पटक आयोजना गरिएको गुरुङहरुको मौलिक खेल ठेलो प्रतियोगिताका विजेतालाई पुरस्कृत गरियो । उक्त खेलमा सूर्य गुरुङ प्रथम र खड्ग गुरुङ दोश्रो स्थानमा विजयी भएका थिए ।
कार्यक्रममा ग्रयाजुएसन गर्ने तमु विद्यार्थी र उत्कृष्ट तमु पोशाक लगाउनेलाई सम्मान गरियो । महिला, पुरुष र १२ वर्ष मुनीका वालवालिकाका लागि उत्कृष्ट पोशाकको सम्मान दिइएको हो । संस्थाले समाजमा उत्कृष्ट काम गर्नेलाई कम्युनिटी अवार्ड समेत प्रदान गर्यो ।
उक्त अवसरमा प्रधान सम्पादक सुमलकुमार गुरुङले सम्पादन गरेको संस्थाको पहिलो प्रकाशन आशिमलां विमोचन र तमु वृत्तचित्र समेत देखाइयो । समग्र तमु जातीको इतिहास, संस्कार, पहिचान आदि झल्कने तमु वृत्तचित्र देखाइएको हो । कार्यक्रम संयोजक तथा संस्थाका सल्लाहकार योगेश गुरुङले लेखेको उक्त तमु वृत्तचित्रमा आदिवासीहरु के हुन्, भाषा कति थिए र कति लोप भए आदि जस्ता सन्देश समेत समावेश थियो ।
दोश्रो चरणमा सूर्य गुरुङको सञ्चालनमा विशेष सांस्कृतिक कार्यक्रम समेत भएको थियो । उक्त चरणमा नेपालबाट आएका गायक गायिका जुनु रिजाल, राजु गुरुङ र निता गुरुङले बेजोड गायन प्रस्तुत गरे । राजु गुरुङ र निता गुरुङको दोहोरीले पनि माहोल तातेको थियो ।
स्थानीय सुजी गुरुङ, निर्मला गुरुङ र कृष्ण गुरुङले ल्होछार गीत गाएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु शशी गुरुङ, भावना गुरुङ, यमु गुरुङ, किस्मा गुरुङ, रेखा तामाङ लगायतले आकर्षक नृत्य प्रस्तुत गरे भने दाजु भाई व्याण्डले लाइभ म्यूजिक प्रस्तुत गरेको थियो ।
कार्यक्रममा काउन्सिलर विष्णु गुरुङ, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, सहकोषाध्यक्ष ललित न्यौपाने, सहमहासचिव अर्जुन कटवाल, प्रवक्ता खुशी लिम्बु, प्रमुख सल्लाहकार मोहन गुरुङ, समाजसेवीहरु ह्यारी गुरुङ, जीवन सेन, जीवन अधिकारी, सचिन श्रेष्ठ, रोयल ग्रीनवीच नेपलिज कम्युनिटीका अध्यक्ष कुमार श्रेष्ठ, आइसीसी सदस्य संगीता मरहट्ठा लगायतको सहभागिता थियो ।
तस्विरहरुः आशिस, के के मूभिज प्रोडक्सन
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन