लन्डन । प्रवासी नेपाली मञ्च बेलायतले नेपाल ल क्याम्पसका स्ववियू पूर्व सभापति, प्रखर वक्ता तथा अध्ययनशील राजनीतिक योद्धा बलराम समाललाई आर्थिक सहयोग गर्ने भएको छ ।
मञ्चको ९ जनवरीका दिन लन्डन नर्थ ह्यारोमा सम्पन्न छैठौं पूर्ण बैठकले पञ्चायती शासकले निर्मम यातना दिएपछि मानसिक रुपमा अपांग भएर आफ्नै घरमा अत्यन्तै कष्टकर जीवनयापन गरिरहेका समालको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्ने भएको हो ।
समाल पञ्चायती शासनकालको उत्तरार्धमा अनेरास्ववियू राजनीतिमा निकै चर्चाको शिखरमा थिए । समालको आर्थिक सहयोग संकलन अभियानका लागि कमिटीका सदस्य मिलन घिमिरेलाई संयोजक तोकिएको छ ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मञ्चसंग सम्बन्धित विभिन्न समसामयिक निर्णयहरु पनि गरेको छ । अन्य निर्णयमा सदस्यता नवीकरण तथा विस्तार, इलाका अधिवेशनहरु आयोजना, विगतका विभिन्न निर्णय तथा हालसम्म सम्पन्न कार्यक्रमहरुको समिक्षा एवं यसवर्षको आगामी कार्यक्रमहरु तय गरिएका छन् ।
बैठकले मञ्चको काम व्यवस्थित गर्न पांच सदस्यीय सचिवालय गठन गरेको छ जसमा अध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रबिन्द्र कंडेल, महासचिव तुंगभद्र भुसाल, होम निरौला र सरस्वती केसी सदस्य छन् ।
बैठकले आगामी ६ महिनाभित्र मञ्चको सदस्यता नवीकरण तथा विस्तार गर्ने र सम्पूर्ण इलाका अधिवेशनहरु सम्पन्न गरी मञ्चलाई व्यवस्थित रुपमा अगाडि बढाउने महत्वपूर्ण निर्णय समेत गरेको छ ।
बैठकले मञ्चको विगत दश वर्षको इतिहास तथा मञ्चका विविध गतिविधिलाई व्यवस्थित रुपमा समेटेर स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै आगामी मार्च महिनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सरस्वती केसीलाई संयोजक तोकेको छ ।
एमाले निकट यस प्रवासी संगठन बेलायतमा अरु राजनीतिक दल भन्दा बढि सक्रिय देखिएको छ । मञ्चले यसअघि क्यान्सर पीडित पूर्व सभासद शान्ता चौधरीलाई समेत आर्थिक सहयोग गरेको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक