लन्डन । प्रवासी नेपाली मञ्च बेलायतले नेपाल ल क्याम्पसका स्ववियू पूर्व सभापति, प्रखर वक्ता तथा अध्ययनशील राजनीतिक योद्धा बलराम समाललाई आर्थिक सहयोग गर्ने भएको छ ।
मञ्चको ९ जनवरीका दिन लन्डन नर्थ ह्यारोमा सम्पन्न छैठौं पूर्ण बैठकले पञ्चायती शासकले निर्मम यातना दिएपछि मानसिक रुपमा अपांग भएर आफ्नै घरमा अत्यन्तै कष्टकर जीवनयापन गरिरहेका समालको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्ने भएको हो ।
समाल पञ्चायती शासनकालको उत्तरार्धमा अनेरास्ववियू राजनीतिमा निकै चर्चाको शिखरमा थिए । समालको आर्थिक सहयोग संकलन अभियानका लागि कमिटीका सदस्य मिलन घिमिरेलाई संयोजक तोकिएको छ ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मञ्चसंग सम्बन्धित विभिन्न समसामयिक निर्णयहरु पनि गरेको छ । अन्य निर्णयमा सदस्यता नवीकरण तथा विस्तार, इलाका अधिवेशनहरु आयोजना, विगतका विभिन्न निर्णय तथा हालसम्म सम्पन्न कार्यक्रमहरुको समिक्षा एवं यसवर्षको आगामी कार्यक्रमहरु तय गरिएका छन् ।
बैठकले मञ्चको काम व्यवस्थित गर्न पांच सदस्यीय सचिवालय गठन गरेको छ जसमा अध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रबिन्द्र कंडेल, महासचिव तुंगभद्र भुसाल, होम निरौला र सरस्वती केसी सदस्य छन् ।
बैठकले आगामी ६ महिनाभित्र मञ्चको सदस्यता नवीकरण तथा विस्तार गर्ने र सम्पूर्ण इलाका अधिवेशनहरु सम्पन्न गरी मञ्चलाई व्यवस्थित रुपमा अगाडि बढाउने महत्वपूर्ण निर्णय समेत गरेको छ ।
बैठकले मञ्चको विगत दश वर्षको इतिहास तथा मञ्चका विविध गतिविधिलाई व्यवस्थित रुपमा समेटेर स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै आगामी मार्च महिनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सरस्वती केसीलाई संयोजक तोकेको छ ।
एमाले निकट यस प्रवासी संगठन बेलायतमा अरु राजनीतिक दल भन्दा बढि सक्रिय देखिएको छ । मञ्चले यसअघि क्यान्सर पीडित पूर्व सभासद शान्ता चौधरीलाई समेत आर्थिक सहयोग गरेको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी