लन्डन । बेलायत सरकारले नयां भिजा, अध्यागमन र नागरिकता आवेदन शुल्क वृद्धिको प्रस्ताव गरेको छ । बेलायती गृह मन्त्रालय अन्तर्गत यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले ११ जनवरी, २०१६ मा प्रकाशित गरेको सूचना अनुसार, सन् २०१६ देखि ०१७ का लागि शुल्क बढाउने प्रस्ताव गरिएको हो । यसै वर्षको अप्रिलमा संसदमा शुल्क वृद्धिसम्वन्धि कानुन पारित गर्ने तयारी छ ।
प्रमुख परिवर्तनमा भिजिट, अध्ययन र वर्क भिजामा दुई प्रतिशत वृद्धि गरिएको छ । तर, सेटलमेन्ट, रेसिडेन्स र नागरिकता आवेदनमा सन् २०१६, ०१७ का लागि २५ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव भएको छ । विशेष गरि प्रिमियम सर्भिस् जस्तो द्रुत सेवा (प्रायोरोटी भिजा सर्भिस्) का सेवाग्राहीलाई लक्षित गरि शुल्क वृद्धिको प्रस्ताव गरिएको हो ।
नयां कानुनले वृहत वर्गीकरणका आवेदनमा होम अफिसले आउंदो ४ वर्षसम्म लिन सक्ने शुल्क निर्धारण गर्नेछ ।
सरकारले यस वृद्धिले सिमा, अध्यागमन र नागरिकता प्रणालीमा करदातालाई भार कम पर्न जाने विश्वास गरेको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै