मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: ००:३५ | UK Time: 19:50

ग्रेटर रशमूर नेपाली कम्युनिटीले नेपाली नयाँवर्ष मनाउने

वीनेपाली
२०७२ पुष २७ गते १५:४५
GNRC
फान्ब्रो । ग्रेटर रशमूर नेपाली कम्युनिटीले नेपाली नयाँवर्ष २०७३ भव्यताका साथ मनाउने तयारी गरेको छ।
कम्युनिटीकाे १० जनवरीमा बसेको संस्थाको नियमित त्रैमासिक बैठकले अागामी अप्रिल ८ तारिखका दिन अल्डरसटकाे एम्पायर हाउसमा नेपाली नयाँ वर्षकाे कार्यक्रम मनाउने निर्णय गरेको हाे ।
नेपालबाट कलाकार ल्याइ गरिन लागेकाे साे कार्यक्रमका दिन अन्य कार्यक्रम नजुधाउन पनि कम्युनिटीले अन्य संघ संस्थालाई अनुराेध गरेकाे छ ।
बैठकमा नेपाली नयाँ वर्षको पूर्व तयारी, विगतकाे समीक्षा भावी क्रियाकलापका बारेमा समेत छलफल भएकाे थियो।
छलफलमा आगामी मार्च महिनामा मनाउने नारी दिवस, नेपाली कक्षा संचालन र आगामी अक्टाेवरमा आयोजना गरिने १० किलोमिटर फन रनको विषयमा पनि थिए ।
संस्थाका अध्यक्ष ओम थापाको अध्यक्षता एवं महासचिव रन्जिता मल्लद्वारा संचालित उक्त बैठकमा कार्यसमितिका सबैजसो सदस्यहरु, सल्लाहाकारहरुको उल्लेख्य सहभागिता रहेको थियो भने नयाँ युवाका अध्यक्ष निलम राई र उपाध्यक्ष मिना पुनको समेत सहभागिता रहेको थियो।

जीव बेल्बासे

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक