लन्डन । लन्डनमा २९४ औं पृथ्वी जयन्ती शुरु भएको छ । राष्ट्रवादी संगठन बेलायतले जनवरी ११ तारिख (पुस २७ गते) सोमबार लन्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्ट सभाहलमा कार्यक्रम गरेको हो ।
समाजसेवी डा. राघवप्रसाद धिताल (ओविइ) को प्रमुख आतिथ्यमा कार्यक्रम भइरहेको छ । कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुंग, समाजसेवीहरु विकलचन्द्र आचार्य, रोशन सापकोटा, यति नेपलिज एसाेसिएसन अध्यक्ष उमेशराज मोक्तान, भिम बानिया, क्याप्टेन रणध्वज राना, वाचस्पति रेग्मी, भक्तबहादुर शाही, विजय थापा, हरि थापा, सुरेशजंग शाह, महेश रेग्मी लगायतको सहभागिता छ ।
कार्यक्रम कोसेलीका संस्थापक मदन थापा र वसन्त राय क्षेत्रीले मंगल धुन प्रस्तुत गरेपछि राष्ट निर्माताको तस्विरमा माल्यार्पण गरिएको थियो ।
लन्डनमा पृथ्वी जयन्ती मनाउने अभियान शुरु गरेका अभियन्ता नारायण अधिकारीले सन्चालन गरेको उक्त कार्यक्रमको
अध्यक्षता संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले गरेका छन्।
स्वागत मन्तव्य रमेश लामाले दिए ।
कार्यक्रमको विस्तृत विवरण पछि अपडेट गरिनेछ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल