लन्डन । लन्डनमा २९४ औं पृथ्वी जयन्ती शुरु भएको छ । राष्ट्रवादी संगठन बेलायतले जनवरी ११ तारिख (पुस २७ गते) सोमबार लन्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्ट सभाहलमा कार्यक्रम गरेको हो ।
समाजसेवी डा. राघवप्रसाद धिताल (ओविइ) को प्रमुख आतिथ्यमा कार्यक्रम भइरहेको छ । कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुंग, समाजसेवीहरु विकलचन्द्र आचार्य, रोशन सापकोटा, यति नेपलिज एसाेसिएसन अध्यक्ष उमेशराज मोक्तान, भिम बानिया, क्याप्टेन रणध्वज राना, वाचस्पति रेग्मी, भक्तबहादुर शाही, विजय थापा, हरि थापा, सुरेशजंग शाह, महेश रेग्मी लगायतको सहभागिता छ ।
कार्यक्रम कोसेलीका संस्थापक मदन थापा र वसन्त राय क्षेत्रीले मंगल धुन प्रस्तुत गरेपछि राष्ट निर्माताको तस्विरमा माल्यार्पण गरिएको थियो ।
लन्डनमा पृथ्वी जयन्ती मनाउने अभियान शुरु गरेका अभियन्ता नारायण अधिकारीले सन्चालन गरेको उक्त कार्यक्रमको
अध्यक्षता संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले गरेका छन्।
स्वागत मन्तव्य रमेश लामाले दिए ।
कार्यक्रमको विस्तृत विवरण पछि अपडेट गरिनेछ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित