नेपाली सङ्घीय समाज युकेको समायाेजन तथा साधारण सभा

fsf london1
लण्डन । संघीय समाजवादी फाेरमकाेे युकेस्थित भातृ संगठन संघीय समाज युकेकाे खस समावेशी पार्टीसित समायाेजन तथा साधारणसभा सम्पन्न भएकाे छ ।
९ जनवरी २०१६ का दिन अल्डरसटमा अायाेजित एक समाराेहमा केन्द्रीय सल्लाहकार लक्ष्मण तुलाचन र वैकल्पिक केन्द्रीय सदस्य पी जी शेर्पाको प्रमुख आतिथ्य र वैकल्पिक केन्द्रीय सदस्यहरू भगवान चाम्लिङ र टेकबहादुर थापा राजेसको उपस्थितिमा साे कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली राष्ट्रिय गान लगतै जारी आन्दोलनमा शहादत प्राप्त गर्नुभएका ५५ जना शहिदहरुप्रति एक मिनेट मौन धारण गरेर शुरु भएको सभामा प्रमुख अतिथि शेर्पाले तराईमा जारी आन्दोलनमा साम्प्रदायिक नरसंहार मच्चाएकोमा अहिलेको सरकार विरुद्ध अन्तर्राष्ट्रिय अदालत हेगमा मुद्दा दर्ता गर्ने प्रकृयामा रहेको बताउनु भयो । त्यस्तैगरी  नेपाल सरकारका प्रहरीको अमानवीय दमनका भिडियो तथा फोटोहरु विश्वको सबैभन्दा ठूलो मानवअधिकारवादी संस्था एमेनेष्टी इन्टरनेशनलमा दर्ता गरिसकेको जानकारी दिइयाे ।
भेलाले चाँडै नै आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुका फोटो तथा निर्मम हत्याको फोटोसहितकाे ब्यानर टाँगेर युके पार्लियामेन्ट गेटमा धर्ना दिने पनि निधाे गरेको छ । नेपालका भ्रष्ट, लाचार र गैरजिम्मेवार सरकारलाई असल सहयोगी राष्ट्रको हिसाबले युके सरकारले पनि दबाब दिनुपर्ने बक्ताहरुको धारणा थियो ।
केन्द्रीय सदस्य थापाले मस्टो धर्म मान्ने खसान क्षेत्रका आदिवासीहरुलाई हिन्दुकृत गरिएको, वर्णाश्रम नभएका खसहरुलाई वर्णाश्रमकृत गरिनु सबैभन्दा दुर्भाग्य बताउनुभयो । खस आर्य शब्द जोडिनु षड्यन्त्र भएको र खस क्षेत्रीको संख्या देखाएर अहिलेका शासकहरुले धेरै भाग लिएको उल्लेख गर्नुभयो ।
प्रवक्ता नरेशमणि काङमाङले खस समावेशी पार्टी नेपाल युके समितिको तर्फबाट उपाध्यक्षमा इन्द्र खस कार्की, सदस्यहरुमा नविन थापा, बिकेश बस्नेत, सूर्य कार्की र सल्लाहकारमा राजेन्द्र बस्नेतसहित समाहित भएको घोषणा गर्नुभयो । यस समायोजनसंगै नेपाली सङ्घीय समाज युकेको समिति ३३ जना रहेको बन्न पुगेको छ भने समितिमा ६ जना उपाध्यक्षहरु रहनु भएका छन् । वहाँहरुलाई प्रमुख अतिथिले सपथ खुवाउनु भएको थियो ।
सङ्घीय समाज युकेको लगानीमा गायक भगवान चाम्लिङको एकल स्वरबद्ध परिवर्तनका पाइलाहरु जनवादी गीति एल्बमको सामुहिक विमोचन पनि गरिएको थियो । सङ्घीय समाज बेल्जियमका अध्यक्ष नेत्र मगर, पूर्व केन्द्रीय प्रतिनिधि चण्डिराज राई, सल्लाहकार कमल गुरुङ, जनजाति महासङ्घ युकेका महासचिव कर्मा शेर्पा पहाडी, सल्लाहकार छेत्रकला राई, उपाध्यक्ष इन्द्र कार्की, शाखा समितिका तर्फबाट बलबहादुर राई, कुवेर होडा लगायतले बोल्नु भएको थियो ।
दोस्रो चरणको बन्द सेसनमा अनुसासन विभाग संयोजक तथा उपाध्यक्ष राजेन्द्र खिम्दिङ लिम्बुले पार्टीको अनुसासन विषयमा बोल्नु भयो । त्यस्तै कोषाध्यक्ष विमला राईले आर्थिक प्रतिवेदन र महासचिव विश्वासहाँङ खेवाहाँङले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सामान्य शंसोधन सहित सांगठानिक प्रतिवेदन पारित भयो ।
रस्मि प्रसादको गायनले थप रोचकता थपेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शेर्पा, विशेष अतिथि सल्लाहकार तुलाचन र समाजका अध्यक्ष तथा सभाका अध्यक्ष धर्म तामाङद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको समारोहमा वरिष्ठ उपाध्यक्ष जंग सुनुवारले सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमलाई महासचिव खेवाहाँङ र उपमहासचिव कमलप्रसाद राईले संचालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री