बेलायतमा यसरी मनाइदैंछ २९४ औं पृथ्वी जयन्ती

2014

इतिहास कसैले एउटा कितावको पानामा लेखेको भरमा मात्रै सिमित हुंदैन । कुनै पनि इतिहास जन्म हुंदा भागौलिक बनावट, राजनैतिक, आर्थिक र सांस्कृतिक कुराहरु बलियोसंग जोडिएको हुन्छ । विचार र विश्लेषण फरक फरक दृष्टिकोणबाट गर्न सकिएला, यद्यपि इतिहासको सुनौला कुरालाई वर्तमानको क्षणिक राजनीतिक स्वार्थको लागि तोडमोड गर्न खोज्नु भनेको इतिहास र आफ्नै जन्मभूमिप्रति गद्यार गर्नु हो । तसर्थ, यो वर्ष पनि राष्ट्रवादी संगठन बेलायतले राष्ट्र निर्माता वडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहको २९४ 
औं पृथ्वी जन्मजयन्ति भव्यताका साथ मनाउने तयारी गरेको छ । 
राष्ट्र निर्माता पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेका हुन् भन्ने धु्रव सत्य कुरालाई यहां हामीले कुनै विश्लेषण गरि रहनु पर्दैन । नेपालमा हाल पृथ्वी जन्मजयन्ति र एकता दिवस मनाउनु पर्छ भनेर चर्को वहस चलेको छ । यद्यपि, नेपाल सरकारले यसको आधिकारिक घोषणा गर्न भने सकेको छैन् । आशा गरौं पौष २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाउन सरकारले राष्ट्रिय दिवसको रुपमा घोषणा गर्ने छ ।

नेपालमा पृथ्वी जन्म जयन्ति र एकता दिवस मनाउन हुंदैन भनेर कुनै नेपाली जनताले कहिल्यै विरोध र आन्दोलन गरेका थिएनन् । तर, २०६२, ६३ को आन्दोलनसंगै क्षणिक राजनैतिक उन्मादमा लागेका केहि व्यक्तिले आफ्नो राजनैतिक स्वार्थका लागि इतिहासलाई तोडमोड गर्न पृथ्वी जन्म जयन्ति र एकता दिवस खारेज गरे । करिव १० वर्ष पछि आज फेरि नेपालमा राजनीतिक दल, वुद्धिजिवी हरु र समाजका नागरिक अभियन्ताहरु पुनः पृथ्वी जन्म जयन्ति र एकता दिवस निरन्तर र आधिकारिक रुपमा मनाउन जुटिरहेका छन् । यसैको पछिल्लो उदाहरण हो वर्तमान मन्त्रीपरिषदमा पृथ्वी जन्म जयन्ति र एकता दिवस मनाउन चर्को वहस चल्नु । जे होस् भनिन्छ राम्रो कुराको सुरुआतका लागि कहिल्यै ढिलो हुंदैन । हामी सारा नेपालीले पृथ्वी जन्म जयन्ति र एकता दिवस गर्व साथ भोलिको दिन मनाउंm । आशा छ, नेपाल सरकारको आधिकारिक मान्यता बमोजिम मनाउन पाउने छौं । जसरी पृथ्वी नारायण शाहले नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो भन्दै सार्थक वाणी नेपालीहरुलाई दिएका थिए, त्यसरी नै अब फेरि हामी नेपाली जात, भात र क्षेत्रीय पार्टी मा फुटेर होइन, केवल नेपाली बनेर देश निर्माण मा लाग्नु पर्ने बेला भएको छ ।

भरत रोका क्षेत्री

भरत रोका क्षेत्री

नेपालमा पृथ्वी नारायण शाहको शालिकमाथि तोडफोड सुरु गरि पृथ्वी जयन्ति र एकता दिवस खारेज गरेपछि बेलायतमा राष्ट्रवादी संगठनले वि.स. २०६७ पौष २७ गते पृथ्वी जयन्ति र एकता दिवस भव्यताका साथ मनायो । पृथ्वी जयन्ति र एकता दिवस अभियानको कार्यक्रमको पहिलो प्रमुख अथिति नेपाली सेनाका पूर्व प्रधान सेनापति रुक्मांगद कटुवाल नेपालबाट बेलायत आइपुगेका थिए । जब बेलायतमा हामीले पृथ्वी जयन्ति तथा एकता दिवस मनायौं त्यसको सकारात्मक प्रभाव नेपालमा विस्तारै पर्न गयो र आजको दिनसम्म आइपुग्दा पुनः राष्ट्रिय वहसमा पुगेको छ । पृथ्वी जन्म जयन्ति र एकता दिवस मनाउन अभियानकर्ता नारायण अधिकारीले खेलेको महत्वपूर्ण भूमिकाप्रति हामी जहिले पनि आभार व्यक्त गर्दछौं । साथै हाम्रो यो कार्यमा कांधमा कांध मिलाएर अगाडि बढ्ने कृष्णजंग शाही, नेपाली सेनाका पूर्व मेजर कुमार बस्नेत, बीरेन्द्र कार्की, रितेश शाह, प्रकाश सिंह र रोशन सापकोटा पृथ्वी जन्म जयन्ति र एकता दिवस मनाउने सच्चा राष्ट्र सपुत हुन् । पृथ्वी जयन्ति तथा एकता दिवस मनाउने अभियन्ताको रुपमा बेलायतबाट हामीले गरेका थियौं र यसलाई भोलिका दिनमा पनि निरन्तरता पाउने छ ।

राष्ट्रवादी संगठन बेलायत कुनै पार्टी को भ्रातृ संगठन होइन । यो नितान्त राजनैतिक संगठनबाट टाढा रहेको संस्था हो । भोलि जनवरी ११ तारिख (पुस २७ गते) सोमबार लन्डनको नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टको सभाहलमा मध्यान्ह साढे १२ बजे कार्यक्रम सुरु हुने हुंदा बेलायतस्थित सम्पूर्ण नेपाली महानुभावहरुलाई कार्यक्रममा सहभागी भई पृथ्वी जयन्ति तथा एकता दिवस भव्यताका साथ मनाउन अनुरोध गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री