लन्डन । पारिवारिक पृष्ठभूमिले लाहुरे पत्नी हुन् उनी । उनको बाबा पनि अवकासप्राप्त ब्रिटिश लाहुरे । तर, नयां वर्ष २०१६ संगै यासिकाको
अर्को चिनारी थपिएको छ मोडलका रुपमा । यासिका लिम्बुले अभिनय गरेको म्यूजिक भिडियो नयां वर्षकै दिन सार्वजनिक भएको छ ।
इन्टेक १९९३ एल्बमको पहिलो गीत हिजो आज…मा यासिकाले अभिनय गरेकी हुन् । यासिकालाई साथ दिएका छन् पुरुष मोडल मितेश गुरुङले ।
नेपालमा कयौं म्यूजिक भिडियो निर्देशन र अभिनय समेत गरेका सुल्तान इडिङ्गोको निर्देशन, छायांकन र सम्पादन रहेको उक्त भिडियो बेलायतको आसफोर्ड केन्टस्थित भिक्टोरिया पार्क वरपर र इन्डोर छायांकन गरिएको हो ।
नर्सिङ होमकी जागिरे यासिका आसफोर्ड केन्टमा सपरिवार बस्छिन् । उनलाई सानै देखि नृत्य, अभिनयमा रुची थियो । म्यूजिक भिडियो खेल्ने रहर अहिले पुरा हुंदा उनी दंग छिन् । भिडियोलाई धेरै दर्शकले रुचाइदिएको उनले बताइन् ।
यासिकाले अभिनय गरेको म्यूजिक भिडियोको उक्त गीतका गायक, रचनाकार र संगीतकार हुन् मान तवेवुङ लिम्बु । मान पनि बढि नै आशावादी छन् ।म्यूजिक एरेन्जर छन् चन्दु गोर्खाली ।
डेढ दशकदेखि बेलायत बस्दै आएकी यासिका राम्रो अवसर पाए भविष्यमा पनि म्यूजिक भिडियो र सिनेमातिर अभिनय गर्ने सुरसारमा छिन् ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने