सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: १९:१४ | UK Time: 14:29

बेलायतबाट अपाङ परिवारलाई ३२ पाउण्ड सहयोग

वीनेपाली
२०७२ पुष २३ गते २३:२६

apanga11लन्डन । बोल्टन विश्वविद्यालयमा सामाजिक स्वास्थ सम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका माधव रेग्मीले नेपालमा अपाङ एक परिवारलाई करिव ३२ पाउण्ड सहयोग गरेका छन् । पांचथर इम्बुङ–७ कोल्बुङका एकै परिवारका चार सन्तान अपाङ भएपछि खेप्नुपरेको पीडा विभिन्न सञ्चारमाध्यममा आएपछि रेग्मीले सहयोग स्वरुप तामाङ परिवारका लागि 
५ हजार १ सय ८० रुपैयां प्रदान गरेका हुन् ।

हाल प्रचलित विनिमय दर अनुसार ३२ पाउण्डको एकसय ६० रुपैयांका दरले ५ हजार रुपैयां हुन आउंछ । दामासाहीले बांड्दा एकजनाले ८ पाउण्ड पाएका छन् ।

नेपाल पत्रकार महासंघ, पांचथरका अध्यक्ष लवदेव ढुंगानाले इम्बुङ ७ का हर्कवीर तामाङका साहिंला छोरा महेन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् ।

पोलियो रोगका कारण हर्कवीरका चार सन्तान अहिले अपाङ जीवन बिताइरहेका छन् । चारै जना अहिले दिशा पिसाव पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा ओछ्यान परेका समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक