
मकवानपुर फापरबारीमा निर्माण गरिएको २५ किवा क्षमताको वायु–सौर्य मिश्रित विद्युत्् परियोजना । यस परियोजनाबाट स्थानीय १३१ घरमा विद्युत् सुविधा उपलब्ध भएको छ । तस्बिर ः कृष्ण अधिकारी, रासस
काठमाडौँ, २३ पुस । नेपालका विविधतायुक्त पर्यावरणीयस्थलमा उपयुक्त वैकल्पिक ऊर्जा प्रविधिको सम्भाव्यता अध्ययन विषयमा छलफल गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सरोकारवालासँग छलफल गरेको छ ।
बुधबार भएको छलफलमा बोल्दै विज्ञान तथा प्रविधि मन्त्री एवम् नाष्टका सहकुलपति शिवलाल थापामगरले मुलुकमा वर्तमान असहज परिस्थितिका कारण इन्धनको सङ्कट भइरहेको अवस्थामा यस किसिमको कार्यक्रमको आयोजना हुनु अत्यन्त सान्दर्भिक रहेको बताए ।
उनले नाष्टले सर्वसाधारण जनताले सहजरुपमा प्रयोग गर्नसक्ने किसिमको वैकल्पिक ऊर्जाको अनुसन्धान र विकासमा विशेष जोड दिनुपर्ने सुझाव पनि दिए । मन्त्री थापाले भने – “हाल युवा वैज्ञानिक तथा प्राविधिज्ञहरुको बढ्दो विदेश पलायन चिन्ताको विषय हो । यस प्रवृत्तिलाई रोकी उनीहरुलाई स्वदेशमै आफ्नो क्षमता उपयोग गर्ने वातावरण सिर्जना गर्नेतर्फ मन्त्रालय क्रियाशील छ ।”
उनले यसका लागि निकट भविष्यमै युवा वैज्ञानिक तथा प्राविधिज्ञहरुको जमघट आयोजना गरी प्राप्त सुझावका आधारमा उनीहरुको सिर्जनशीलतालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरु ल्याउने तयारी मन्त्रालयले गरिरहेको जानकारी दिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रा डा जीवराज पोखरेलले नेपालमा जटिलरुपमा देखा परिरहेको वैज्ञानिक तथा प्राविधिज्ञहरुको विदेश पलायनलाई रोक्न नास्टले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।
उनले समयमै बजेट प्राप्त हुन नसक्दा मुलुकले सामना गर्नुपरेको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण अपेक्षा गरेअनुरुप कार्य गर्न नसकेको बताए । उनले भने – “तर नेपाल सरकारले यस वर्ष समयमै बजेट उपलब्ध गराउने हो भने हामी अझै पनि छोटो समयमै विज्ञान प्रविधिको विकास र वैकल्पिक ऊर्जा क्षेत्रमा उल्लेखनीय कार्य गर्न सक्दछौँ ।”
विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले नेपाल प्राकृतिक स्रोत साधनको दृष्टिले सम्पन्न मुलुक भएपनि त्यसको सही उपयोग हुन नसकेका कारण विकासको बाटोमा पछि परेको धारणा राखेका थिए ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण