लण्डन । जनवरी १ का दिन बेलायतका छन्त्यालहरूले उनीहरुको महान चाड म्हिलाङे सोङ्ती तथा छार-म्हेङ बिशेष महत्वका साथ मनाएका छन् ।
छन्त्याल संघ युकेकाे अायाेजनामा साे चाड मनाउने बेलायतवासी छन्त्यालहरु आश्फोर्ड शहरको हर्थफिल्ड भिलेज हलमा भेला भएका थिए ।
कार्यक्रमको सुरुवात नेपालको राष्ट्रिय गीत र आदिबासी जनजाति गीतको साथमा बेलायत छन्त्याल संघका अध्यक्ष लगायत बेलायतमा अस्तित्वमा रहेका छन्त्याल जातिको १२ थरका १२ जना विशेष ब्यक्तिबाट दिप प्रज्ज्वलन गर्दै छन्त्याल जातिका विशेष परिकार तरुल, सेलरोटी, मासुका परिकार लगायत पेय पदार्थ (रक्सी) सहित पितृ पूजा गरी छार-म्हेङ अर्थात छन्त्याल जातिको नयाँ वर्षलाई औपचारिकरूपमा स्वागत गरिएको थियो ।
सर्बमान्य दिल बहादुर घरब्जा छन्त्यालको फोटो राखेर दिप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा कोषाध्यक्ष कप्रसाद झिंराजा छन्त्याल, संस्कृति सचिब नरसिङ घरब्जा छन्त्याल र सदस्य क्या. रुद्र छन्त्यालले सुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम महासचिव मुकेन घरब्जा छन्त्यालको सन्चालन, उपाध्यक्ष हेम घरब्जा छन्त्यालको स्वागत र संघका अध्यक्ष झक घरब्जा छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सुभकामना मन्तब्यको क्रममा वक्ताहरुले बेलायतबासी हामी छन्त्यालहरुले संघलाई ब्यक्तिगत स्वार्थ र बैमनस्यताको लागि प्रयोग गर्ने ठाउँ होइन आफनो समुदायको पहिचानलाई संरक्षण, सम्बर्धन गर्ने, दुख सुखमा हातेमालो गर्ने र जातिको हकहितको लागि काम गर्ने एउटा चौतारोको रुपमा सम्झिदिनको लागि पनि सबैमा हार्दिक अनुरोध गरेका थिए ।
कार्यक्रममा जातिय पहिरनमा सजिएका छन्त्यालहरुको जमघटले हलभित्रको रौनक र वातावरणले नेपालकै झल्को दिएको देखिन्थ्यो । सात समुन्द्र पारी रहेतापनि छन्त्याल जातिको इतिहास, पहिचान, संस्कार, संस्कृति र भेषभुषाप्रतिको मायामोह उत्तिकै जिवन्त भेटिन्थ्यो ।
यस वर्ष हङकङ र यूरोपका देशहरुबाट पनि छन्त्यालहरु बेलायतमा म्हिलाङे सोङ्ती तथा छार-म्हेङ मनाउन आएका थिए ।
साे चाड मनाउन बेल्जियम र हङकङदेखि बेलायत आएका अतिथिहरुलाई संघले खादा र फूलले विशेष सम्मान गरेको थियो । यस्तै केही महिना अगाडि बेलायतको नागरिकता हात पार्न सफल हुनुभएको रिद्द बुढाथोकी छन्त्याललाई संघले खादाले बधाई दिएको थियो र शिक्षा क्षेत्रका अग्रणी डा. लक्ष्मी घरब्जा छन्त्याललाई खादा र कदरपत्रले सम्मान गरेको थियो ।
संघका संस्कृति सचिव नर्सिङ घरब्जा छन्त्यालको परम्परागत लालै (खेली भाका) गीतको प्रस्तुतिले उपस्थित सबैलाई रमाइलो बनाएको थियो । साथमा खानपिनको स्वादमा युवायुवती र बालबालिकाहरुको विभिन्न नेपाली गीत र नृत्यहरुले भरपूर मनोरन्जन थपिएको थियो ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय