लण्डन । मगरहरुको राष्ट्रिय चाड मनाउन बेलायतका मगरहरु लागि परेका छन् ।
यसैक्रममा रसमुर, बर्कसायर, ह्याम्पसायर, सर्रे क्षेत्रमा बसोबास गर्ने मगरहरुले सामुयल कोडी स्पोर्टस् सेन्टर, फार्नब्रोमा माघेसंक्रान्ति मनाउने भएका छन् ।
आगामी शनिबार (जनवरी ९) माआयोजना हुने सो कार्यक्रममा मगरहरुले पुख्र्यौलीदेखि मान्दै आएको पितृ पूजा गरिने पूजा संयोजक ओमप्रसाद थापामगरले जानकारी दिए ।
आफ्ना दिवंगत पितृहरुलाई सम्झेर पूजा गरेपछि खिचडी, कन्दमुल, फलफूल प्रसाद, नैवेद्य चढाउन सकिने पनि थापाले बताए । बेलायतको ब्यस्तताको बाबजूद भक्तजनहरूले चढाएकाे फूलप्रसाद पुजारीले भाेलिपल्ट बिहानै नजिककाे नदीमा गएर सामूहिक पूजा गरी चढाउने तथा विसर्जन गर्ने गर्दछन् ।
मगर संघ युनाइटेड सर्रे, ह्याम्पसायर, वर्कसायर समितिको आयोजनामा हुने सो कार्यक्रममा पितृ पूजाका साथमा नौमती बाजा बजाएर शुभसाइत गरिने, प्रसादग्रहण, शुभकामना आदानप्रदान, उल्लेखनीय कार्य गर्नेलाई सम्मान र साँस्कृतिक कार्यक्रम पनि समावेश छन् ।
कार्यक्रममा भाग लिन आयोजकले सबैलाई आग्रह गरेका छन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल