नेपाली संगीतमा नयाँ आयाम कोर्ने अभिलाषासहित बिनु लामिछाने मगर वेस्टर्न शैलीको रक गीतका साथ देखा परेकी छिन् ।
चार वर्षअघि आयो झरी बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेकी बिनुले ‘रातो टीका’ बोलको नयाँ शैलीको गीत भर्खरै बजारमा ल्याएकी छिन् । पश्चिमी रकिङ शैलीको उक्त गीत नेपाली संगीत पारखीहरुका लागि बिल्कुलै नयाँ कोसेली हुने दाबी गायिकाले गरेकी छिन् ।
रातो टीका निधारमा हातमा चुरा
राम्री छु भन्छन् सबले गर्छन् मेरै कुरा
आइदेऊन मेरो छेउमा लाइलेऊ चोखो पिरती
बिताउन चाहन्छु म तिमीसँग सारा जिन्दगी
चर्चित मोडल सुप्रिया कट्वाल र देवेन्द्र दुवालको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो पनि समन अधिकारीको निर्देशनमा बनेको छ । परम्परागत भिडियोभन्दा फरक तरिकाले यो भिडियो बनेको निर्देशक अधिकारीले बताए । विभिन्न टेलिभिजन च्यानल र यूट्युबमा सार्वजनिक भिडियो रेक्यु क्रियसनले बजारमा ल्याएको हो ।
मौलिक नेपाली शब्दलाई वेस्टर्न रकिङ शैलीमा गाएर नेपाली संगीतमा नवीन प्रयोग गरेको गायिका लामिछानेले बताएकी छिन् । यो गीतले नेपाली सागीतमा नयाँ बाटो कोर्ने विश्वास कलानिधि संगीत महाविद्यालयमा संगीतको औपचारिक अध्ययन गरिरहेकी पौराइ, रौतहटकी गायिका लामिछानेले व्यक्त गरिन् ।
बाल्यकालमै गीतहरु भनेपछि हुरुक्कै हुने लामिछाने गीतसंगीतको नशाले काठमाडौंमा संघर्ष गरिरहेकी छिन् । सुरुमा लोकगीतप्रति झुकाव राख्ने उनले संगीतको औपचारिक अध्ययन र निरन्तरको साधनाले सबै प्रकृतिका गीतहरु गाउने बताइन् । कविता, गीत र गजल लेखनमा रुचि राख्ने लामिछाने आफै शब्द रचना गर्छिन् संगीत पनि भर्छिन् । त्यसो त गीतका शब्दलाई श्रुति मधुरताका साथ स्वरमा ढाली गीतलाई जीवन्त र कर्णप्रिय पार्न आफू सिपालु रहेको गायिका बिनु बताउँछिन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक