नेपाली संगीतमा नयाँ आयाम कोर्ने अभिलाषासहित बिनु लामिछाने मगर वेस्टर्न शैलीको रक गीतका साथ देखा परेकी छिन् ।
चार वर्षअघि आयो झरी बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेकी बिनुले ‘रातो टीका’ बोलको नयाँ शैलीको गीत भर्खरै बजारमा ल्याएकी छिन् । पश्चिमी रकिङ शैलीको उक्त गीत नेपाली संगीत पारखीहरुका लागि बिल्कुलै नयाँ कोसेली हुने दाबी गायिकाले गरेकी छिन् ।
रातो टीका निधारमा हातमा चुरा
राम्री छु भन्छन् सबले गर्छन् मेरै कुरा
आइदेऊन मेरो छेउमा लाइलेऊ चोखो पिरती
बिताउन चाहन्छु म तिमीसँग सारा जिन्दगी
चर्चित मोडल सुप्रिया कट्वाल र देवेन्द्र दुवालको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो पनि समन अधिकारीको निर्देशनमा बनेको छ । परम्परागत भिडियोभन्दा फरक तरिकाले यो भिडियो बनेको निर्देशक अधिकारीले बताए । विभिन्न टेलिभिजन च्यानल र यूट्युबमा सार्वजनिक भिडियो रेक्यु क्रियसनले बजारमा ल्याएको हो ।
मौलिक नेपाली शब्दलाई वेस्टर्न रकिङ शैलीमा गाएर नेपाली संगीतमा नवीन प्रयोग गरेको गायिका लामिछानेले बताएकी छिन् । यो गीतले नेपाली सागीतमा नयाँ बाटो कोर्ने विश्वास कलानिधि संगीत महाविद्यालयमा संगीतको औपचारिक अध्ययन गरिरहेकी पौराइ, रौतहटकी गायिका लामिछानेले व्यक्त गरिन् ।
बाल्यकालमै गीतहरु भनेपछि हुरुक्कै हुने लामिछाने गीतसंगीतको नशाले काठमाडौंमा संघर्ष गरिरहेकी छिन् । सुरुमा लोकगीतप्रति झुकाव राख्ने उनले संगीतको औपचारिक अध्ययन र निरन्तरको साधनाले सबै प्रकृतिका गीतहरु गाउने बताइन् । कविता, गीत र गजल लेखनमा रुचि राख्ने लामिछाने आफै शब्द रचना गर्छिन् संगीत पनि भर्छिन् । त्यसो त गीतका शब्दलाई श्रुति मधुरताका साथ स्वरमा ढाली गीतलाई जीवन्त र कर्णप्रिय पार्न आफू सिपालु रहेको गायिका बिनु बताउँछिन् ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?