
सङ्घीय समाजवादी र खस समावेशी पार्टीबीच युकेमा समायोजन
लण्डन । नेपालमा पार्टी एकीकरणपछि युकेमा पनि सङ्घीय समाजवादी र खस समावेशी पार्टीबीच समायोजन अन्तिम चरणमा पुगेको छ ।
खस समावेशी पार्टी, मधेसी जनअधिकार फोरम र सङ्घीय समाजवादी पार्टी, नेपाल बीच तीन महिनाअघि एकीकरण भएकाे थियाे । एकीकरणपछि सङ्घीय समाजवादी फोरम, नेपाल संसदमा ५ औ ठूलो पार्टी बनेेकाे छ । तत्कालिन तीन वटै पार्टीका प्रवास अंगको रुपमा क्रियाशिल युकेको संगठनहरुबीच समाजोजन प्रकृया अघि बढाउन सहमति भएकाे हाे ।
समायोजनमा खस समावेशी पार्टी नेपाल युके समितिको तर्फबाट केन्द्रीय वैकल्पिक सदस्यमा टेक बहादुर थापा ‘राजेश’, युके समितिको उपाध्यक्षमा इन्द्र खस कार्की, सदस्यहरुमा नविन थापा, बिकेश बस्नेत, सूर्य कार्की र सल्लाहकारमा राजेन्द्र बस्नेतलाई संघीय समाज युकेमा समाहित गरिएको छ ।
यस समायोजनसंगै नेपाली सङ्घीय समाज युके ३३ सदस्सीय बन्न पुगेको छ भने समितिमा ६ जना उपाध्यक्ष र भगवान चाम्लिङसहित केन्द्र काठमाण्डौको लागि २ जना केन्द्रीय वैकल्पिक सदस्य रहेकाे समायोजन संयोजक तथा उपाध्यक्ष बलकृष्ण राईले बताए ।
समाजको बार्षिक साधारण सभा यही ९ जनवरी २०१६ का दिन नर्थाेल्ट लण्डनमा आयोजना गरिएको छ । सोही दिन औपचारिक समायोजनको घोषणा तथा सपथ गराइने कार्यक्रम रहेको छ । दोस्रो चरणमा मधेशी जनअधिकार फोरमको युके संगठनसंग समायोजन गरिने छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक