लन्डन । तस्विरले नै झल्काएको छ उनीहरुको मौलिक भेषभुषा र पहिरन । गरगहनाले सजिएका छन् महिला । यी संखुवासभाबाट बेलायत बस्दै आएका तमु जातीहरु । संखुवासभा तमु समाजले जनवरी २, २०१६ मा लन्डन डार्टफोर्ड टेम्पलहिल स्क्वायरमा गरेको ल्होछार कार्यक्रममा सहभागी हुंदै थिए यी । उनीहरु जस्ता सयौं तमु र गैर तमु अतिथीहरुले ल्होछार धुमधामसंग मनाएको खवर छ ।
तमु वर्ष २०४३ अर्थात बांदर वर्गलाई स्वागत गर्न आयोजित समारोहमा प्रमुख अथिती थिए समाजकै सबैभन्दा जेष्ठ जित बहादुर तमु (गुरुङ) । समाजका अध्यक्ष गोकर्ण तमु गुरुङले अध्यक्षता गरेको उक्त ल्होछार कार्यक्रम सश्चालन समाजका सचिव हेम तमु गुरुङले गरेका थिए ।
अन्य अथितीहरु डार्टफोर्ड बोरो काउन्सिलर डा. बच्चु कैलाश कैनी साथै डार्टफोर्ड नेपलिज कम्युनिटीका अध्यक्ष राजेश पाठक थिए ।
उक्त अवसरमा अध्यक्ष गोकर्ण गुरुङले सबै अथितीजन, समितिका प्रमुख सल्लाहकार, कार्यसमिति सदस्यहरु लगायतलाई खादा लगाएर स्वागत गर्नुका साथै आसन ग्रहण गराएका थिए । उनले समाजले अहिलेसम्म गरेका गतिविधि साथै भविष्यमा गरिने कार्ययोजना र यसका चुनौतिबारे चर्चा गरे ।
कार्यक्रममा समाजका उपाध्यक्ष युवराज तमु गुरुङले स्वागत मन्तव्य दिंदै ल्होछारको महत्व र युवाहरुले यसको अनुशरण गर्नुपर्नेमा जोड दिए ।
समाजका प्रमुख सल्लाहाकार पदम गुरुङले संस्थामा एकताको आवश्यकतामाथि जोड दिएका थिए ।
कार्यक्रममा समाजका सदस्य डार्टफोर्ड निवासी बाबुराम तमु गुरुङ र वकिङ निवासी कमल गुरुङले निकै सुमधुर गीतहरु बजाएर उपस्थित पाहुनालाई मनोरन्जन दिलाए । रोजिना तमु गुरुङले छल छल छल्क्यो पानी, पानी झै छल्क्यो जवानी… गीतको बोलमा आकर्षक नृत्य प्रस्तुत गर्दा सहभागी सबै रोमाञ्चित देखिन्थे ।
संस्थाका उपसचिव मणीकुमार तमु गुरुङले दिएको जानकारी अनुसार यसपालिको ल्होछार भेलामा लगभग २६० जनाको उपस्थिति थियो ।
कार्यक्रममा समाजका अध्यक्षले शैक्षिक सफलता हासिल गरेका स साना वालवालिकालाई प्रमाणपत्र प्रदान गरे । अन्त्यमा, गोकर्ण तमु गुरुङको अध्यक्षतामा नयां कार्यसमिति चयन गर्दै राती ११ बजे ल्होछार रमझम समापन भएको थियो ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन