आन्दोलनको बेग कमहुँदै गएसँगै अस्तव्यस्त बनेको जनजीवन सामान्य बन्दै गएको छ । धनुषाको सदरमुकाम जनकपुरदेखि महोत्तरीको सदरमुकाम जलेश्वर, सर्लाहीको सदरमुकाम मलङ्गवालगायत मध्य तराईका जिल्लाका सदरमुकाम र ग्रामीण भेगमा विस्तारै शान्तिपूर्ण माहौल बन्दै गएको देखिन्छ । सर्वसाधारणको आन्दोलन रोकिएर शान्तिपूर्ण दैनिकी बिताउने चाहना र आशा बढेको छ ।
सवारी साधन चल्नेक्रम बढ्दो छ । तर सार्वजनिक यातायात र ढुवानीका ठूला सवारी साधन भने अझै सञ्चालनमा आएका छैनन् । यातायातबाहेक अन्य क्षेत्रमा आन्दोलनको असर कम हुँदै गएको छ । केही दिनदेखि सीमा नाकामा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको स्थानीय व्यापारीहरुले बताएका छन् ।
नेपाल–भारत सीमा क्षेत्रको जनकपुर–जटही, जलेश्वर–भिट्ठामोड– मधवापुर र सम्सीको मुख्य नाकामा मोर्चाका केही कार्यकर्ता धर्ना बस्नुबाहेक ठूला विरोधका कार्यक्रम चलेका छैनन् ।
सामानको मूल्यमा देखिएको अनियन्त्रित बढोत्तरी पनि विस्तारै कम हुँदै गएको स्थानीयवासीको भनाइ छ ।
नयाँ संविधान र सीमाङ्कनको विरोधमा मधेसी दलहरुले गत साउन ३० गतेदेखि अनिश्चितकालीन बन्द हड्ताललगायत आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
सद्भावना पार्टीका धनुषा अध्यक्ष सञ्जय सिंहले मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सरकार तथा केही अपराधी चरित्रका व्यक्तिले आन्दोलन तुहाउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यस्ता तत्वले मोर्चाको आन्दोलनलाई बदनाम गर्न विभिन्न चलखेल गरिरहेको बताउनुभयो ।
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना : समृद्धिको लक्ष्य प्राप्ति आजको आवश्यकता
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका