लन्डन । एनआरएनए आयरल्याण्डले लन्डन दूतावासमार्फत भूकम्प पीडितलाई थप आर्थिक सहयोग गरेको छ । एनआरएनए आयरल्याण्ड सल्लाहकारहरुले सोमबार दिउसो लन्डनस्थित नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई १५ सय युरो हस्तान्तरण गरेका हुन् । उक्त रकम दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ । आर्थिक सहयोग बुझेपछि कार्यवहाक राजदूत क्षेत्रीले एनआरएनए आयरल्याण्डप्रति आभार व्यक्त गरेका छन् ।
रकम हस्तान्तरणका लागि एनआरएनए आयरल्याण्डका तीन सल्लाहकार एवं पूर्व अध्यक्षहरु गणेश प्रसाईं, शुक्रराज न्यौपाने र नवराज कोइराला दूतावास पुगेका थिए । उनीहरुको साथमा एनआरएनए युरोप संयोजक कुल आचार्य, दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल पनि सहभागी थिए ।
यसअघि एनआरएनए आयरल्याण्डले भूकम्प लगत्तै एनआरएनए आइसीसी मार्फत करिब २९ लाख रुपैयां प्रदान गरेको थियो ।
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा