लन्डन । चितवनबाट बेलायत आइ बसेका नेपालीहरुको साझा संस्था चितवन सहायता कोष (क्याट यूके) का प्रतिनिधि र एनआरएनए आइसीसी सदस्य एवं डेनमार्कमा व्यवसाय चलाइरहेका चितवनका सोम सापकोटाबीच छलफल भएको छ । क्याट यूकेले गर्दै आएको सेवामुलक कार्यक्रमलाई अन्य मुलुकबाट पनि सहयोग जुटाइ कसरी अभियान अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्नेबारे छलफल भएको हो ।
क्याट यूकेले जिल्लाका विकट क्षेत्रमा रहेका पिछडिएका गरिव जनताको स्वास्थ्य र शिक्षाको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
छलफलमा व्यवसायी सापकोटाले चितवनवासीहरुको एउटा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गरि समन्वय गर्न सके त्यसबाट श्रोत जुटाएर जिल्लावासीले बढि सहयोग पाउन सक्ने विश्वास व्यक्त गरेका थिए । भेटमा क्याट यूकेका पूर्व सल्लाहकार एवं वुद्धिजिवी सहप्राध्यापक डा. कृष्ण रेग्मीले अन्तर्राष्ट्रिय सञ्जाल गर्ने कुरा ज्यादै सान्दर्भिक भएको उल्लेख गर्दै यसले सांगठनिक सक्षमता वृद्धि हुने र सामूहिक रुपमा ठूला परोपकारी परियोजना समेत सञ्चालन गर्न सकिने धारणा राखेका थिए ।
त्यसैगरि, संस्थाका सल्लाहकार कृष्ण तिवारीले नेटवर्क विस्तार गरि सामाजिक काम गर्दा सेवाहरु नदोहोरिने विचार व्यक्त गरे भने सदस्य सालिक सापकोटाले आउट सोर्सिङ मार्फत जिल्लामा आवश्यक सीप उपलव्ध गराउन सके त्यसले आधुनिकीकरणमा टेवा पुग्ने बताए ।
छलफलमा सचिव यादव श्रेष्ठले क्याट यूकेको संस्थागत विकासका लागि भएका गतिविधि र कार्ययोजनाबारे प्रष्ट्याउंदै सञ्जाल निर्माण गर्नेबारे आफू सकारात्मक रहेको भनाइ राखेका थिए । उनले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार विषयलाई संस्थाको आगामी बैठकमा समेत राखिने जनाए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’